BIZMANDU
www.bizmandu.com

राजस्व सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास, अटोमोबाइल व्यवसायीलार्इ तालिम

२०७३ माघ ८

काठमाडौं। अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोबाइल सम्वन्धी कारोबार गर्ने साना फर्मलार्इ लक्षित गरेर कर सम्वन्धि एकदिने तालिम गरेको छ।सरकारसहितको सहभागितामा नाडाले यो तालिम दिएको हो।

Tata
GBIME
Nepal Life

अटोमोबाइल्स क्षेत्रमा रहेका व्यवसायीलार्इ लक्षित गरेर यो तालिम दिइएको हो।अटोमोबाइल क्षेत्रको विकाससँगै करका समस्याहरु न्यूनीकरणका लागि तालिम आयोजना गरिएको नाडाका कार्यवाहक अध्यक्ष शम्भुप्रसाद दाहालले बताए।उनले दैनिक कारोबारको हिसाब दुरुस्त राख्न सके करको झन्झटबाट मुक्ति पाइने बताए।

तालिममा कूल ८१ सदस्य फर्महरुले आफनो सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा भन्सार विभागका निर्देशक लावन्यकुमार ढकाल, आन्तरिक राजश्व विभागका निर्देशक राजकुमार खतिवडा र चार्टर्ड एकाउन्टेन्ट  साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । 

 
अटोमोवाइल खुद्रा व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुमा केन्द्रित रहेर तालिमको आयोजना गरिएको नाडाका उपाध्यक्ष देबकाजी श्रेष्ठले बताए । नाडाका महासचिव कृष्णप्रसाद दुलालले राज्यप्रति जिम्मेवार भएर कारोबार गर्न तालिम आयोजना गरिएको बताए।