BIZMANDU
www.bizmandu.com

सिप्रदी पेसेन्जर भेहिकलको पोखरा बिक्रेतामा गण्डकी ट्रेड, टाटाको पेसेन्जर भेहिकलको बजार बढ्ने

२०७३ माघ ८

काठमाडौं। सिप्रदी ट्रेडिङ्गले पोखरामा टाटा पेसेन्जर भेहिकलहरुको लागि गण्डकी ट्रेड हाउस लाई नियुक्त गरेको छ ।सिप्रदी र गण्डकी ट्रेडबीच  पोखराको आधिकारिक बिक्रेताका सम्वन्धि सम्झौंता समेत भएको छ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा कम्पनीका जनरल म्यानेजर प्रवीण खतिवडाले नयाँ डिलरलाई आफ्नो कम्पनीको बृहत नेटवर्कमा स्वागत गर्दै पश्चिमाञ्चलको हबको रुपमा रहेको पोखरामा टाटाको पेसेन्जर भेहिकलको बिक्री उत्साहजनक हुने अपेक्षा गरे। गण्डकी ट्रेडका संचालक बिन्दुकुमार थापाले पनि सिप्रदी जस्तोे प्रतिष्ठित कम्पनीसँग आवद्ध भएर काम गर्दा आफूहरु खुशी एवं उत्साहित भएको बताए।
 

सिप्रदी टाटा मोटर्स लिमिटेडको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता हो । पेसेन्जर भेहिकल अन्तर्गत टाटा मोटरको प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, टियागो लगायत पर्छ।