BIZMANDU
www.bizmandu.com

उमेर ३७, गुगलकी कर्मचारी अब याहुमा सिईओ

२०६९ साउन ३

न्युयोर्क । इन्टरनेट कम्पनी याहुले गुगलमा कार्यरत एक उच्च पदस्त  कर्मचारीलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियु्क्त गरेको छ । बजार हिस्सा र साख जोगाउन संघर्षरत एक जमानामा इमेलको बादसाह भनेर चिनिएको याहुमा दुई वर्षको अवधिमा तेश्रो सिईओको रुपमा मारिया प्रवेश गरेकि हुन् ।
सन् १९९९ मा गुगल कम्पनी सुरु हुँदा कर्मचारीको रुपमा प्रवेस गरेकी मारिया पछिल्लो समय गुगलको म्यापिङ डिभिजनको प्रमुखका रुपमा कार्यरत थिईन । ३७ वर्षको कलिलो उमेरमा नै विश्व प्रसिद्ध कम्पनिको सिईओ हुने थोरै महिलाहरुमध्येमा पर्छिन ।
इमेलको सुखद दिनहरुमा निक्कै फस्टाएको अमेरिकी कम्पनी याहुलाई गुगलको आगमन पछि कडा चुनौति मिलेको थियो भने पछिल्ला केहि वर्ष यता थपिएका फेसबुक, ट्विटर जस्ता सोसियल नेटवर्किङ साइटको चुनौतिले गर्दा कम्पनी थला परेको अवस्थामा छ ।
इमेल र सर्च बजारमा आफ्नो हैसियत गुमाएपनि अमेरिकामा याहु अझैपनि सबैभन्दा धेरै हेरिने वेभ पोर्टलमा पर्दछ । विशेषगरी याहुको न्युज साइट धेरै अमेरिकीहरु माझ लोकप्रिय छ ।

Tata
GBIME
NLIC