BIZMANDU
www.bizmandu.com

शेयर बजार झर्ने क्रम रोकिएन, कारोबार रकम फेरि ३४ करोडमा खुम्चियो, दुईका लगानीकर्ताले कमाए

२०७३ माघ ४

काठमाडौं। शेयर बजार घट्ने क्रम मंगलबार पनि रोकिएन। बजार तीन अंकले झरेर १४६३ अंकमा पुगेको छ।
 
सोमबार प्रभु बैंकले बढाएको कारोबार रकम मंगलबार ३४ करोड रुपैयाँभन्दा उक्लिन सकेन। दिनभरीमा १३० कम्पनीका ३ हजार ३५१ कारोबारबाट ८ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।
 
कारोबार रकमलाई लिड गरेको प्रभु बैंकको सबैभन्दा बढी पटक र सबैभन्दा धेरै कित्ता किनबेच भएको छ। बैंकको ७ करोड ४ लाख रुपैयाँको खरिदबिक्री भएको छ।
 
कालिका माइक्रोफ़ाईनान्स र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य करिब १० प्रतिशतले बढ्यो भने सबैभन्दा बढी गुमाउनेमा सृजना फाईनान्सका लगानीकर्ता छन्। कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशतले घटेको हो।
 
कारोबार भएका ८ उपसूचकमध्ये होटल ३४.८५ अंक, विकास बैंक २.८५ अंक र उत्पादनमुलक ०.३५ अंकले उकालो लाग्यो भने इन्स्योरेन्स २२.७७ अंक, हाइड्रोपावर ४.४८ अंक, वित्तीय ४.७ अंक बैंकिंग ३.९९ अंक र अन्य २.६१ अंकले ओरालो लागेको छ।   

Tata
GBIME
Nepal Life