कम्पनीले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४९९ कित्ता एफपिओ जारी गरेको थियो।बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुबकुमार तिमिल्सिनाले ५१ अर्ब ८८ करोड रुपैयाँको आवेदन परेको बताए।
उनका अनुसार २ लाख ५४ हजार वटा आवेदन परेको छ।नेपाल लाइफले प्रति कित्ता एक सय रुपैयाँको शेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १४ सय २५ रुपैयाँका दरले एफपिओ जारी गरेको थियो।
वित्तिय क्षेत्रले तरलताको मार खेपिरहेको बेला कताबाट आयो यति धेरै पैसा?एक लगानीकर्ताका अनुसार राम्रो प्रतिफल देखेर लगानीकर्ताले केही जोगाड गरेको पैसा कम्पनीको एफपिओमा लगानी गरेको देखिएको छ।
स्रोतका अनुसार कतिपय व्यवसायिक ऋण लिएर पनि एफपिओमा लगानी भएको छ।व्यवसायिक फर्मका नाममा ऋण लिएर एफपिओमा समेत लगानी गर्ने भेटिएको ती लगानीकर्ताले बताए।