BIZMANDU
www.bizmandu.com

अब १०८ रूपैँयामै केबलकारको यात्रा, चन्द्रागिरिमा प्रत्येक सोमबार पाइनेछ टिकटमा छुट

२०७३ माघ ३

अब १०८ रूपैँयामै केबलकारको यात्रा, चन्द्रागिरिमा प्रत्येक सोमबार पाइनेछ टिकटमा छुट
अब १०८ रूपैँयामै केबलकारको यात्रा, चन्द्रागिरिमा प्रत्येक सोमबार पाइनेछ टिकटमा छुट

काठमाडौं।  चन्द्रागिरि हिल्स लिमिटेडले माघ महिनाभरको प्रत्येक सोमबार केबलकार चढ्नेलार्इ भारी छुट दिने भएको छ।

माघ महिनामा चन्दागिरीकाे भालेश्वर मन्दिर दर्शनका लागि जानेहरूका लागि प्रत्येक साेमबार पहिलाे १०८ जनाले याे छुट पाउने कम्पनीले प्रेस बिज्ञप्तीमार्फत जनाएकाे छ ।

Tata
GBIME
Nepal Life

याेजना अनुसार साेमबार शिवजीकाे दर्शनकालागि जानेहरूमध्ये पहिलाे पटक पुग्ने १०८ जनाका लागि १०८ रूपैँयामै केवलकारकाे टिकट दिइनेछ । यस व्यवस्थाअन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउने पनि कम्पनीले जनाएकाे छ ।

टिकट थानकोटस्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनुपर्ने शर्त पनि कम्पनीले राखेकाे छ। यसरी खरिद गरिएका टिकट सोहि दिनका लागि मात्र मान्य हुने बिज्ञप्तीमा उल्लेख छ । यो छुटको अवधिमा एक सय आठ टिकट लिनेहरुले अन्य कुनै छुट भने पाउने छैनन् ।केबलकार संचालनमा आएदेखि गत पुषकाे मसान्तसम्म २ लाख ८९ हजार ४ सय १५ जनाले केबरकारको यात्रा गरिसकेका छन् ।