BIZMANDU
www.bizmandu.com

नेपाल लाइफको एफपिओमा साढे ४० अर्बको आवेदन पर्यो, अन्तिम नतिजा आउनै बाँकी

२०७३ माघ ३

नेपाल लाइफको एफपिओमा साढे ४० अर्बको आवेदन पर्यो, अन्तिम नतिजा आउनै बाँकी
नेपाल लाइफको एफपिओमा साढे ४० अर्बको आवेदन पर्यो, अन्तिम नतिजा आउनै बाँकी

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा करिव ४० अर्ब रुपैयाँ बराबरको आवेदन परेको अनुमान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले गरेको छ।

Tata
GBIME
Nepal Life

'अन्तिम दिन आइतबार मात्र करिव २४ अर्ब रुपैयाँको आवेदन परेको छ,' सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार तिमिल्सिनाले बिजमाण्डूसँग भने, 'यसमा ३५ वटा संकलन केन्द्रको तथ्यांक छैन।'

सिदार्थ क्यपिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले चार दिनमा करिव करिव ४० अर्ब ४२ करोड रुपैयाँको आवेदन परेको देखिएको जानकारी दिए। 'हामी रातभरी नै एफपिओको काम गरिरहेका छौं' उनले भने, 'यकिन तथ्यांक भने अझै आइसकेको छैन।'

नेपाल लाइफले प्रति कित्ता एक सय रुपैयाँको शेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १४ सय २५ रुपैयाँका दरले एफपिओ जारी गरेको थियो। पुस २७ बाट आवेदन खुलेको कम्पनीको सेयरमा हिजो आइतबारसम्म आवेदन दिने समय थियो।

नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४९९ कित्ता एफपिओ जारी गरेको हो। करिव साढे चार अर्बको एफपिओमा साढे ४० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ।