नयाँदिल्ली । भारतले खाद्यान्नको सट्टामा नगद रकम दिने योजनाको नोबेल पुरस्कार विजेता अमत्र्य सेनले विरोध जनाएका छन् । विश्व प्रसिद्ध अर्थशास्त्री सेनले गरिबलाई पैसा बाँड्ने नीति गरिबको पोषणको हितमा नभएको स्पस्ट पारेका छन् । ‘पैसालाई खानामा वा अन्य काममा खर्च गरिन्छ । यसलाई नियन्त्रण गर्न मुस्किल हुन्छ,’ उनले भने, ‘त्यसैले खाद्यान्न आएमा परिवारको खानेकुरामै उपयोग हुन्छ ।’ उनले कुनै पनि रकम महिलालाई दिएमा त्यसको उचित उपयोग हुने गरेको उल्लेख गर्दै सरकारले महिलालाई रकम दिने बारे पनि सुनिश्चित नगरेको बताए ।
‘खाद्यान्नको लागि दिइएको रकम अन्यत्र प्रयोग गर्ने मान्छेको हातमा पुगेमा त्यसले गरिबलाई अझै समस्यामा पार्छ,’ सेनले भने । भारत सरकारले जनवरीदेखि खाद्यान्नको विकल्पमा पैसा दिने योजना कार्यान्वयनमा ल्याएको छ ।