BIZMANDU
www.bizmandu.com

नेपाल बैंकको नाफा ३.९० करोड, नेटवर्थ सुधार हुँदै, इन्टरनेसनल डेभलपमेन्ट बैंक फेरी घाटामा

२०६९ फागुन ६

काठमाडौं । नेपाल बैंक लिमिटेडले १ करोड ११ लाखको नाफालाई ३ करोड ९० लाख पुर्याएको छ । असोजमा पनि बैंकले २ करोड ७९ लाख नाफा गरेको थियो । हकप्रद सेयर निस्कासनको तयारी गरिरहेको बैंकले पुससम्म ५७ अर्ब निक्षेप संकनल गरेको छ । यो अवधिमा ३२ अर्ब ४१ करोड कर्जा लगानी गरेको छ ।
सरकारले लगानी गरेपछि बैंकको नेटवर्थमा केही सुधार भएको छ । बैंकले फागुन अन्तिम साताबाट प्रति एक कित्ता बराबर ९.५ को अनुपातका हकप्रद सेयर जारि गर्दैछ ।
इन्टरनेसनल डेभलपमेन्ट बैंक फेरी घाटामा गएको छ । हालै मात्र साधारण सेयर जारि गरेको बैंक २ करोड ६० लाख घाटामा गएको थियो । अघिल्लो पुसको भन्दा यो घाटाको रकम भने कमै हो । अघिल्लो पुसमा बैंक ११ करोड ७५ लाख घाटामा गएको थियो । घाटाका कारण बैंकको खराव कर्जा ९.०७ प्रतिशत पुगेको छ । बैंकले ६ करोड ५६ लाख नोक्सानी व्यवस्थामा रकम राखेको छ ।
 

Tata
GBIME
Nepal Life