BIZMANDU
www.bizmandu.com

कमर्जको ६० लाख कित्ता सेयर आजदेखि बजारमा, छिटोमा पाँच दिन भित्र बन्द हुने

२०६९ फागुन ६

कमर्जको ६० लाख कित्ता सेयर आजदेखि बजारमा, छिटोमा पाँच दिन भित्र बन्द हुने
कमर्जको ६० लाख कित्ता सेयर आजदेखि बजारमा, छिटोमा पाँच दिन भित्र बन्द हुने

काठमाडौं । कमर्ज एन्ड ट्रस्ट बैंकले आजदेखि ६० लाख कित्ता सेयर निस्कासन गरेको छ । करोड रुपैयाँ बराबरको सेयर निस्कासन गरेको  हो । जनता बैंक नेपाल र सिभिल बैंक नेपालको निस्कासनपछि कमर्जको सेयर आउन लागेको हो । जनता र सिभिल दुवैको सेयर मागिएकोभन्दा वढीको आवेदन परेको थियो । जारी गरिएको शेयरमध्ये तीन लाख कित्ता सेयर कर्मचारीका लागि छुट्टाइएको छ भने बाँकी तीन लाख कित्ता सेयर म्युचुअल फण्डका लागि छुट्टाइएको छ । कमर्जको सेयर ४१ बैंक तथा वित्तीय संस्थाबाट खरिद गर्न सकिन्छ । बैंकको सेयर आवेदन छिटोमा पाँच दिन भित्र बन्द हुनेछ । बैंकको सेयर निष्काशनका लागि ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेड, सिभिल क्यापिटल मार्केट, नविल इन्भेष्टमेन्ट र नागरिक लगानी कोष विक्री प्रव्न्धक नियुक्त भएका छन् ।

Tata
GBIME
Nepal Life

‘लगानीकर्ताले सोचेभन्दा बढि प्रतिफल  प्राप्त गर्छन, यो यथार्थ हो

तपाइँहरुको दोस्रो त्रैमासको नजिता पनि आइसक्यो, अवस्था कस्तो छ ?
दोस्रो त्रैमाससम्म आठ अर्ब ३९ करोड निक्षेप संकलन गरेका छौँ, सात अर्ब ८६ करोड बराबरको कर्जा प्रवाह गरेका छौँ र यो समयमा हाम्रो छ करोड ५० लाख रुपैयाँ सञ्चालन मुनाफा छ । हामीले खर्च कटौती गरेर व्यवसाय बढाउने निती अनुसरण गरेका छौँ, यसले गर्दा १३ शाखामध्ये नौ शाखा मुनाफामा छन्, भने अन्य शाखा समेत विस्तारै मुनाफा आर्जन गर्ने अवस्थामा आइपुगेका छन ।


प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई
तपाइसगै कारोबार सुरु गरेका सिभिल बैंक र मेगा बैंक कारोबार, मुनाफा र शाखा सञ्जालमा तपाईंहरुभन्दा धेरै अघि बढिसके तर कमर्ज एण्ड ट्रष्ट कहाँ छ ?
निक्षेप र कर्जाको हिसावमा उनीहरु अलिकती मात्रै अघि देखिएका हुन, मुनाफाको हिसाबले हामी र उनीहरु उस्तै हो, बरु सञ्चालन खर्चको हिसाबले हामी सबैभन्दा न्युन छौं । थोरै शाखा बनाउने त हाम्रो रणनीति नै हो, साइज ठुलो भएर मात्र हुँदैन, त्यसको क्वालीटि मेन्टन गर्नु सबैभन्दा महत्वपुर्ण कुरा हो । त्यसैले हामी गुणस्तर सुधार गर्नतर्फ केन्द्रित भएका छाँै । म आफै पनि लामो समयदेखि  बैंकिङ सेक्टरमा काम गर्दे आएको छु । यो अवधीमा मैले धेरै समय नीतिगत तहमा रहेर काम गरें । नेपालका बैंकको समस्या के भने, गुणस्तरीय बनाउनुभन्दा साइज ठुलो बनाए राम्रो हुन्छ भन्ने छ, त्यस्तो भ्रमलाई चिर्दै गुणस्तरयुक्त बैंक निमार्ण गर्ने हाम्रो उद्देश्य हो । निकट भविष्यमा हामीले यो बैंकलाई नेपालका उत्कृष्ट दश बैंकको रुपमा स्थापित गर्ने हो । जहाँ हाम्रो पहुँच छ, त्यहाँ हाम्रो मजबुत पकड बनिसकेको छ, यो हाम्रो गुणस्तरीयता कै कारण मात्र सम्भव भएको हो ।

लगानीकर्ताले त छिट्टै प्रतिफलको आश गर्छन, तर तपाई गुणस्तरको विषय उठाउँदै हुनुहन्छ, यसको अर्थ अझै आठ दश वर्ष राम्रो प्रतिफल आउँदैन् भन्ने हो ?
प्रतिफल हामीले अहिले देखिनै दिन सुरु गर्छैं  आठ/दश वर्षपछि त टप टेन बैंकको रुपमा स्थापित गर्ने उद्देश्य हो । अहिले २९ औ स्थानमा रहेको बैकको स्तरलाई सुधार गरेर दशौं स्थानमा ल्याउने भनेको हो । हामीले प्रतिफल र पुँजी दुबैलाई व्यवस्थित गर्दै अहिले बाट नै प्रतिफल दिन थाल्छौं । लगानीको उचित सुरक्षा र उचित प्रतिफल नै कमर्ज एण्ड ट्रष्टमा लगानी गर्ने आधार हो ।

छोटो अवधिका लगानीकर्ताले आइपिओमा गएपछि कति मुनाफा आउँछ भनेर क्याल्कुलेट गर्न सुरु गरिहाल्छन् नी ।
अहिले यति नै भनेर त भनिहाल्न सकिंदैन तर लगानीकर्ताले सोचेभन्दा बढि प्रतिफल  प्राप्त गर्छन, यो यथार्थ हो, यसमा ढुक्क भए हुन्छ ।

तपाइँले यसै वर्षबाट मुनाफा दिने कुरा गर्नुभयो, कम्तिमा पनि पाँच प्रतिशत नै प्रतिफल दिउँभन्दा पनि १५/१७ करोड नाफा कमाउनुपर्दछ, तर दोस्रो त्रैमाससम्म सञ्चालन मुनाफा छ करोड मात्र छ, कसरी सम्भव हुन्छ ?

बैंकले कारोबार सुरु गरेपछि पहिलो त्रैमासबाट नै नाफाको औषत बढदै जान्छ, त्यसैले प्रतिफल दिने समयसम्म हामीले तपाईले प्रक्षेपण गरेको वरिपरि प्रतिफल दिने अवस्थामा हुन्छौं । हामीले लगानीकर्तालाई फाइदा पुग्ने गरी अघि बढिरहेका छौं ।  

कमर्ज एण्ड ट्रष्ट बैंकको भिजिबिलिटिको अर्को ठूलो समस्या छ, बैंकको शाखा नै कम छ, एटिएम काउन्टर पनि ज्यादै न्युन ?
बैंकिङ क्षेत्रमा आफ्नै मार्केटिङ हुन्छ, एउटा बैंकको गुणस्तरीयता अर्को मास बैंकिङ । हामी विस्तारै गुणस्तरसँगै मास बैंकिङमा पनि जाँदै छौँ । मासमा जानका लागि जग बलियो हुनुपर्छ, त्यसका लागि नेटवर्कको आवश्यक पर्छ, हामीले आफ्नो नेटवर्कमार्फत काम गरेका छौं, व्यापार नेटवर्कको माध्यमले गरिने भएकाले धेरै ब्रान्च वा ठूलो साइजको हुँदैमा मात्र फाइदामा जान्छ भन्ने हुँदैन । हामीले जुन नेटवर्कमा रहेर काम गरेका छौँ यसले हाम्रो जगलाई बलियो बनाएको छ । सानिमा बैंक र गोरखा बैंकलेसँगै कारोबार सुरु गरेका थिए । सानिमाको जगलाई मैले मजबुत बनाएको थिएँ, त्यसैले आज कमर्सियल बैंक बन्यो तर गोरखा बैंकको अवस्था विग्रियर गयो । त्यसैले जग सबैभन्दा महत्वपूर्ण हो । बैंकिङ भनेको होडबाजीमा गरिने व्यापार होइन यसका लागि संयमता अपनाउनुपर्छ ।

बैंकको वार्षिक प्रतिवेदनमा यसवर्ष थप नौ शाखा विस्तार गर्ने र ११ एटिएम काउन्टर थप्ने भन्नुभएको थियो ?
तत्काल हामीले तीन वटा शाखा विस्ता गर्दैछौँ । आइपिओको काम सकिएपछि थप तीन वटा विस्तार गर्छाै, नौ वटा भने पनि शाखालाई मुनाफामा नलगि शाखा विस्तार गर्दा मात्र बैंकको स्तर मेन्टन गर्न सकिंदैन्, त्यसैले यो वर्ष हामी छ ओटा मात्रै विस्तार गर्छौं ।

तपाईँहरु मर्जका लागि तयारी पनि गर्दै हुनुहुन्छ भन्ने समाचार थियो नी ?
मर्जका लागि हामी जहिले पनि खुला छाँै, तर तत्कालका लागि भने हामीले रणनीतिक साझेदार भित्र्याउनका लागि एउटा युरोपको बैंक र अर्को भारतको बैंकसँग कुरा गरिरहेका छौं, कतिसम्म सम्भव हुन्छ त्यो हेर्न बाँकी छ । मर्जका लागि हामी आन्तरिक रुपमा तयार नै छौँ ।  वासेल थ्रीमा पुँजीको आवश्यकता बढी हुन्छ, त्यसका लागि पुँजी तीन किसिमले जम्मा गर्न सकिन्छ, एउटा मर्जरमा गएर अर्को विदेशी लगानीकर्ता भित्रयाएर र आन्तरिक रुपमा बैंकका सेयर होल्डरले पैसा थपेर, सेयर होल्डरले पैसा थपेर पुँजी बढाउने अहिले त्यति धेरै सम्भव हुँदैन, त्यसकारण मर्जर वा लगानीकर्ता ल्याउनुपर्दछ र यो प्रक्रियामा जान सकिन्छ । अहिले नै पनि विभिन्न विकास बैंक तथा वित्तीय सस्थाहरु प्रत्येक दिन मर्जरको प्रस्ताव लिएर हामीकहाँ आउँछन किन कि हाम्रो रेटिङ निकै राम्रो छ ।

अधिकांश ठूला बाणिज्य बैंक क्यापिटल मार्केट र लघुवित्त बैंकमा लगानी गर्ने फेशन जस्तै बनेको छ, तपाईहरु ?
हाम्रो पहिलो उद्देश्य बैंकलाई स्थापित गर्नु हो, त्यस पछिमात्र अन्य क्षेत्रमा लगानी बढाउन सकिन्छ तर पनि हामीले अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्दैछौं । बैंकको भिषा कार्ड जारी गर्ने प्रक्रियालाई अघि बढाउँदै छौँ, हामीले एनी ब्राञ्च बैंकिङ्ग मात्र होइन, एनी बैंक एनी ब्रान्चका लागि काम गरिरहेका छौं, त्यसको अहिले दुईवटा बैंकसँग सहकार्य गरेर परीक्षण चलिरहेको छ । यो सञ्चालनमा आएपछि नेपालमा किलियरिङ सिस्टम थप सहज हुनेछ । यो सेवा पुर्ण रुपमा सुरक्षित छ भन्ने भएपछि मात्रै हामीले त्यसलाई सर्वसाधरणका लागि खुला गर्ने छौं । त्यसैगरी हामीले रोल्पामा विस्तार गर्न लागिएको शाखालाई पुर्ण रुपले सोलार शक्तिमा आधारित बनाउँदैछौं । यसका लागि हामीले विदेशी साझेदारसँग काम गरिरहेका छौं, हाम्रो रोल्पाको शाखा यो अवधारणामा सफल भएप्छि त्यही उत्पादनलाई हामीले नयाँ प्रोडक्टका रुपमा ब्राण्डिङ गर्छौं ।

कस्तो रहला सेयर बिजमाण्डूको विश्लेषण

काठमाडौं । कमर्ज एन्ड ट्रस्ट बैंकले फागुन ६ गतेबाट ६० लाख कित्ता सेयर निस्कासन गर्ने भएको छ । चालु आर्थिक वर्ष ६ करोड २५ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपणसहित बैंकले ६० करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्न लागेको हो । जनता बैंक नेपाल र सिभिल बैंक नेपालको निस्कासनपछि कमर्जको सेयर आउन लागेको हो । जनता र सिभिल दुवैको सेयर मागिएकोभन्दा वढीको आवेदन परेको थियो । लामो समय तीन सय अंकको हाराहारीमा बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पाँच सय अंक माथि पुगेपछि कमर्जको सेयर आउन लागेको हो । परिसूचक वढेकै मौकामा आएको सिभिलको ८० लाख कित्ता सेयरमा लगानीकर्ताको सात गुणासम्म आवेदन परेको थियो ।
यही मेसोमा कमर्जको सेयर आएकाले सजिलै विक्री हुने देखिन्छ । सेयर परेपछि बढेको बजारमा विक्री गरिहाल्न कमर्जको सेयर उपयुक्त छ । वाणिज्य बैंकको सेयर सय रुपैयाँमै आउने भएकाले यसमा आकर्षण छ । वाणिज्य बैंकको सेयरमा जोखिम कम हुने र अहिलेसम्म कुनै पनि लगानीकर्ताले घाटा खानु परेको छैन । प्रतिफल र जोखिम कम लिने लगानीकर्ताका लागि पनि कमर्जको सेयर उपयुक्त छ ।
अकर्षक प्रतिफल चाहने लगानीकर्तालाई भने कमर्जको सेयरले आकर्षित गर्दैन । बैंकले आफैले गरेको नाफाको प्रक्षेपणका आधारमा विश्लेषण गर्दा बैंकले आउँदो वर्ष खासै प्रतिफल दिन सक्दैन । बैंकले प्रक्षेपण गरेको नाफाले उसले वितरण गर्ने भनेको प्रतिफल दिन पुग्दैन । बैंकको प्रतिसेयर आम्दानी ३.१२ रुपैयाँ छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले विजमाण्डूसँग यही वर्षको नाफाबाट आगामी वर्ष लगानीकर्तालाई पाँच प्रतिशत लाभांस दिने बताएका छन् । तर प्राविधिक रुपमा बैंकको नाफा र प्रतिफलको प्रक्षेपण भने मिल्दैन ।
प्रतिफल न्युन भएका कारण बैंकको सेयरमा आकर्षण कम छ । अहिले नै बैंकहरुले बचत खातामा पैसा राख्दा छ प्रतिशत ब्याज दिइरहेका छन् । मुद्दतिमा राख्दा साढे सात प्रतिशतसम्म पाइन्छ । बैंकले यो बर्ष छ करोडको नाफा हुने प्रक्षेपण गरेको छ । आगामी वर्षको नाफा २० करोड ९९ लाख रुपैयाँ प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष बैंकले एक करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो ।
लगानी वातावरण खासै नसुध्रिएको र निक्षेप संकलनमा प्रतिस्पर्धा गर्नु पर्ने कारणले बैंकले आगामी वर्षको लागि गरेको नाफाको प्रक्षेपण विश्वासिलो छैन । यो नाफालाई आधार मान्ने हो भने बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४९ पैसा हुन्छ । बैंकले कारोबार विस्तारमा थुप्रै चुनौतीहरु रहेको देखाएको छ । तर आफ्नो बैंकको वृद्धि भने अस्वभाविक हुने पनि देखाएको छ, जुन विरोधाभाषपूर्ण छ  । बैंकले देशभरीका ४१ वटा बैक तथा वित्तीय संस्थाबाट सेयर संकलन गर्ने छ । लगानीकर्ताले न्युनतम ५० कित्ता र वढीमा १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकले ६० लाख कित्ता सेयरमध्ये ३ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । ६० करोडको सेयर निस्कासपछि बैंकको पुँजी २ अर्ब पुग्ने छ । यसबाट लगानी विस्तारमा बैंकलाई सहज हुने छ