काठमाडाैं। १५ दिनदेखि लगातार बढेको सुनकाे भाउ नेपाली बजारमा आज पनि उकालाे नै लाग्याे । शुक्रबारको तुलनामा प्रति तोला एक सय रुपैँयाको वृद्धि हुँदै सुनको मूल्य ५४ हजार सात सय रुपैँया पुगेको छ ।
छापावाल सुनसंगै तेजाबी सुनमा पनि समान एक सय रुपैँयामा वृद्धि भएको छ । तेजाबी सुन एक सय रुपैँया वृद्धि संगै ५४ हजार चार सय ५० रुपैँया पुगेको छ ।
चाँदीमा पनि सामान्य वृद्धि भएको छ । प्रति तोला ५ रुपैँया बृद्धि संगै सात सय ९० रुपैया प्रति तोला मूल्य कायम भएको सुनचादी ब्यबसायी महासंघले जनाएको छ ।
यसैगरी आजको लागि नेपाल राष्ट्र बैंकले विनिमय डर यस प्रकार तोकेको छ ।