BIZMANDU
www.bizmandu.com

वीरगञ्ज उद्योग वाणिज्य संघमा यसरी भयो चुनाव, २० जना निर्विरोध चयन, १५ जना निर्वाचनबाट चयन

२०७३ माघ २

वीरगञ्ज। वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वको लागि निर्वाचन भएको छ।प्रमुख निर्वाचन अधिकृत बालमकुन्द खरेलका अनुसार उद्योगतर्फ १३ सदस्य, एसोसिएटतर्फ ६ सदस्य र एफिलिएटतर्फ १ सदस्यको लागि उम्मेदवारी परेको थियो।

Tata
GBIME
Nepal Life

उनका अनुसार २० सदस्य निर्विरोध चयन भएका छन्। अरु निर्वाचनबाट चयन भएका छन्।उद्योगतर्फ सुबोधकुमार गुप्ता, अरविन्द अमात्य, सुशान्त चाचान, मनोज दास, नीरज अग्रवाल, रवीन्द्र बर्णवाल, आशीष लाठ, पन्नालाल साह, सुनील खेतान, अनिल अग्रवाल, शिवजी कलवार, हरि गौतम र सुरेश अग्रवाल निर्विरोध चयन भएका छन्।
 

एशोसिएटतर्फ ओमप्रकाश शर्मा, गोपाल केडिया, विनय काबरा, प्रकाश खण्डेलवाल, विनय शाह र हेमन्त वैद्य चयन भएका छन् । त्यस्तै, एफिलिएटतर्फ प्रमोद चौरसिया निर्विरोध चयन भएको प्रमुख निर्वाचन अधिकृत खरेलले जानकारी दिए ।
 
 वाणिज्यतर्फ भने १५ पदमा १७ जनाको उम्मेदवारी परेकाले शनिबार निर्वाचन भएको छ ।निर्वाचनबाट प्रेमचन्द्र गोयल, ताराप्रसाद, श्यामसुन्दर रूगटा, गोविन्द शाह, सुरेश रूगटा, दीपक टिबडेवाला, मनोज शर्मा, नवनीत अग्रवाल, रामनगिनाप्रसाद कानु, सुमन क्याल, नरेश टिबडेवाला, माधव राजपाल, विकाश क्याल, सिद्धार्थ धुरका, अनुज रूगटा विजयी भए ।

वीरगन्ज उद्योग वाणिज्य संघका नयाँ कार्यसमितिको लागि आइतवार बिहान अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत ११ सदस्यीय कार्यसमितिको निर्वाचन हुनेछ।