जग्गा सिधै पास भएन । बैना माथि बैना हुँदै जाँदा २० लाखको जग्गा ६० लाख पुग्यो । रुक्मिणी एउटा प्रतिनिधी पात्र मात्र हुन्। चितवनमा अहिले धेरै जग्गाको व्यापार यसरी नै भइरहेको छ।बैना माथि बैना गरेर जग्गाको मूल्य एक महिनामै दोब्बर हुने गरेको छ।२०६५ सालअघि जग्गाको व्यापार जसरी बढेको थियो अहिले त्यो भन्दा पनि तीब्र गतिमा बढेको छ।
जिल्ला मालपोत कार्यालय चितवनका प्रमुख दिवाकर पौडेलका अनुसार मंसिर मसान्तसम्म ७० करोड ३५ लाख ५५ हजार ७ सय ३३ रुपैयाँ राजस्व उठिसकेको छ।उनका अनुसार रजिष्ट्रेशनतर्फ ५३ करोड ९४ लाख भएको छ।
उनले बैना माथि बैना हुने कारोबार नियन्त्रण गर्न नसक्ने बताए।कार्यालयका अनुसार असारपछि मात्रै चितवनमा २१ हजार २ सय ८० जनाको जग्गा बिक्री भएको छ। भूकम्प, तरार्इ आन्दोलन र जलविद्युतको मुआब्जाले चितवनको जग्गाको कारोबार बढेको मालपोत अधिकृत पौडेलले बताए।
उनी भन्छन्, बैना माथि बैना गर्दा धेरै जोखिम रहेछ।उनले अहिले जग्गा तीन महिनाभित्रै बिक्री गर्ने नियम बनाएको बताउँदै अनधिकृत रुपमा कारोबार गरे कारवाही गरिने बताए।जग्गा व्यवसायी हरि त्रिपाठीले बैनामाथि बैना राख्ने प्रक्रिया सामान्य भएको बताए। उनका अनुसार उनका साथीभार्इले १० वटा समेत बैना गरेको पाएका छन् ।
सरकारले कानुनी रुपमा एकरुपता नल्याएसम्म यो समस्या रहिरहने मालपोत कार्यालयका प्रमुख पौडेलले बताए । “नीति नभई अनुगमन गर्न सकिदैन, मालपोतका एक अधिकृतले भने, एउटै जग्गा दिनमा चार पटकसम्म बिक्री हुन्छ। यो क्षेत्रमा अनुगमन गर्न सकिदैन।”