BIZMANDU
www.bizmandu.com

एस डेभलपमेन्ट पनि घाटामा, ५ करोड घाटाले खराव कर्जा ४.१३ % पुग्यो, जग्गाको ऋण समस्यामा

२०६९ फागुन ५

काठमाडौं । विकास बैंकहरुमा राम्रो मानिएको एस डेभलपमेन्ट बैंक पनि पुसमा घाटामा गएको छ । ढिलो गरी प्रकासित गरेको व्यालेन्सिट अनुसार, बैंक ५ करोड ५ लाख रुपैयाँ घाटामा गएको छ ।
फाइनान्स कम्पनीबाट विकास बैंकमा स्तरोन्नति भएको एस वाणिज्य बैंक हुने ध्याउन्नमा थियो । बैंकले आफ्ना सप्पूर्ण काम कारवाही वाणिज्य बैंकको स्तरमा गर्थियो ।
घरजग्गा ऋणका कारण बैंक घाटामा गएको हो । बैंकले किस्ता र व्याज नउठेपछि सञ्चालन नाफाबाट १० करोड ८५ लाख जोखिम व्यवस्थामा छुट्याएको छ । जोखिम व्यवस्थामा रकम राख्नुअघि बैंकको सञ्चालन नाफा ४ करोड ४० लाख रुपैयाँ थियो ।
बैंक घाटामा गएपछि खराव कर्जा अनुपात १.०२ प्रतिशतबाट वढेर ४.१३ प्रतिशत पुगेको छ । बैंकले लगानी विस्तारबाट खुद व्याज आम्दानी ८ करोड ७५ लाख गरेको थियो । तर जोखिम व्यवस्थाका कारण घाटामा जानु पर्यो । बैंकको कुल ऋण ४ अर्ब ३० करोड रुपैयाँ छ । यसमध्ये ५४ करोड ८९ लाख प्लटिङ तथा जग्गा खरिद कर्जा छ ।
बैंकमा सर्वसाधारणको ५ अर्ब ६१ करोड रुपैयाँ निक्षेपछ । ७९ करोड चुक्ता पुँजी रहेको बैंकले डुवेको ऋणमध्ये १ करोड ३२ लाख रुपैयाँ उठाएको छ । बैंकले असोजमा पनि १ करोड ३० लाख जोखिम व्यवस्थापनका  लागि रकम छुट्याएको थियो ।

Tata
GBIME
Nepal Life