BIZMANDU
www.bizmandu.com

चन्द्रागिरिको चुचुरोमा पृथ्वीनारायणको मूर्तिचित्र, पृथ्वीजयन्तीमा मूर्ति अनावरण

२०७३ पुष २७

चन्द्रागिरिको चुचुरोमा पृथ्वीनारायणको मूर्तिचित्र, पृथ्वीजयन्तीमा मूर्ति अनावरण
चन्द्रागिरिको चुचुरोमा पृथ्वीनारायणको मूर्तिचित्र, पृथ्वीजयन्तीमा मूर्ति अनावरण

काठमाडौं।चन्द्रगिरि हिल्स लिमिटेडको भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ।कम्पनीले निर्माण गरेको मूर्तिचित्रको प्रधानसेनापत्ति राजेन्द्र क्षेत्रीले अनावरण गरे।

Tata
GBIME
Nepal Life

कम्पनीले पृथ्वी नारायण शाहको २९५औं जन्मजयन्तीको दिन मूर्ति अनावरण गरेको हो।चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्वन्धित रहेकोले मूर्ति स्थापना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत सात वर्षदेखिको अथक प्रयासपछि परियोजना सकिएको बताउँदै परियोजना निर्माणमा स्थानीयको सहयोगको प्रशंशा गरे।उनले पृथ्वी जयन्तीको अवसरमा मूर्ति अनावरण गर्न पाएकोमा खुशी व्यक्त गरे।कम्पनीका संचालक हेमराज ढकालले धार्मिक पर्यटनका हिसाबले पनि चन्द्रागिरि महत्वपूर्ण रहेको बताए।