BIZMANDU
www.bizmandu.com

बजेट अभाव हुन नदिने अर्थमन्त्रीको बाचा, सवा अर्ब भएमा सिक्टाको ९० प्रतिशत काम सकिने

२०६९ फागुन ४

बजेट अभाव हुन नदिने अर्थमन्त्रीको बाचा, सवा अर्ब भएमा सिक्टाको ९० प्रतिशत काम सकिने
बजेट अभाव हुन नदिने अर्थमन्त्रीको बाचा, सवा अर्ब भएमा सिक्टाको ९० प्रतिशत काम सकिने

बाँके । अर्थमन्त्री वर्षमान पुनले निर्माणाधिन सिक्टा सिंचाई आयोजनाको स्थलगत निरिक्षण गर्दै आयोजनाको लागि बजेट अभाव हुन नदिने बताएका छन् । उनले आयोजनाको कामलाई जतिसक्दो तिव्र गतिमा अगाडि बढाउन निर्देशन दिए । ‘स्तरीय काम गर्नुहोस्, कामलाई अगाडि बढाउनुहोस्,’ उनले भने, ‘आयोजनाका लागि हामी बजेट अभाव हुन दिन्नौं । जति खर्च गर्नुहुन्छ, त्यति निकासा गरिदिन्छौं ।’
अर्थमन्त्री पुनले अन्य क्षेत्रमा पुँजीगत खर्च कम भईरहेकाले राष्ट्रिय गौरवका आयोजनाहरुलाई जति खर्च गर्न सक्छन् त्यत्ति बजेट उपलब्ध गराउन अर्थमन्त्रालय तयार रहेको बताए । निरिक्षणमा सहभागी अर्थसचिव शान्तराज सुबेदीले पनि गुणस्तरीय काम गर्न निर्देशन दिए ।
निरिक्षणमा आएका मन्त्री र सचिवलाई सिक्टा सिंचाई आयोजना निर्माण कम्पनी कालिका कन्ट्रक्सनका सञ्चालकहरुले यो वर्ष ७७ करोडको काम भएर खर्च भईसकेको जानकारी गराएका थिए । उनीहरुले १ अर्ब २५ करोड थप रकम भएमा आयोजनाको ९० प्रतिशत काम सम्पन्न गर्न सकिने जानकारी गराएका थिए । उनीहरुले ५० किलोमिटरको नहर निर्माणमा ३४ किलोमिटरसम्म काम भईसकेको बताए । राप्ती नदिबाट बाँकेका अधिकांश गाविसमा सिंचाई पु¥याउन सिंक्टा सिचाई आयोजना निर्माणाधिन छ ।
 

Tata
GBIME
Nepal Life