BIZMANDU
www.bizmandu.com

वारेन बफेटले २८ अर्ब डलरमा किन्ने भए केचप र भुटेको गेडागुडी उत्पादन गर्ने हेइन्ज कम्पनी

२०६९ फागुन ४

वारेन बफेटले २८ अर्ब डलरमा किन्ने भए केचप र भुटेको गेडागुडी उत्पादन गर्ने हेइन्ज कम्पनी
वारेन बफेटले २८ अर्ब डलरमा किन्ने भए केचप र भुटेको गेडागुडी उत्पादन गर्ने हेइन्ज कम्पनी


लण्डन । विख्यात लगानीकर्ता वारेन बफेटले अमेरिकी खाद्य उत्पादक कम्पनी हेईन्ज खरिद गर्ने भएका छन् । बफेटले यो कम्पनी २८ अर्ब डलरमा किन्ने भएका हुन् ।  बुफेटको कम्पनी वर्कसायर ह्याथवे र अमेरिकी प्राईभेट इक्विटी फर्म थ्रिजी क्यापिटलले संयुक्त रुपमा सो कम्पनीको स्वामित्व लिनेछन् । हेईन्ज टोम्याटो केचप र भुटेको गुेडागुडी विक्रीमा प्रख्यात छ ।
हेईन्जले यो सम्झौतालाई ऐतिहासिक भनेको छ । कम्पनीले खाद्य उद्योगमा यो अहिलेसम्मकै ठूलो सम्झौंता हो । सम्झौंता पछि हेईन्जको सेयर मूल्य २० प्रतिसतको हाराहारीमा बढेर प्रति सेयर ७२.५० डलरसम्म पुगेको थियो । यसैगरी बर्कसायर ह्याथवेको सेयर मूल्य पनि १ प्रतिसतले बढेर प्रति कित्ता १ लाख ४९ हजार २४० डलरसम्म पुगेको थियो । बर्कसायरको यो मूल्य अहिलेसम्मकै उच्च मूल्य पनि हो । खरिद सम्झौंतालाई हेईन्जको संचालक समितीले पारित गरे पनि साधारण सभाबाट पारित हुन बाँकी छ । साधारणसभाबाट पारित भएपछि मात्रै सम्झौंताले बैधानिकता पाउने छ । बुफेटले अमेरिकी च्यानल सिएनबिसीसँगको अन्तर्वार्तामा हेईन्ज बर्कसायर ह्याथवे जस्तै खालको कम्पनी भएको बताए । उनले हेईन्जलाई धेरै पटक मूल्यांकन गरेपछि किनेको खुलासा गरे ।
सम्झौंता अनुसार हेईन्जका सेयरधनीहरुले प्रति सेयर ७२.५० डलर पाउनेछन् । यो मूल्य हेईन्जको सम्झौंता अघिको उच्च मूल्यमा २० प्रतिशत प्रिमियम थपेर निर्धारण गरिएको हो । सम्झौता कार्यान्वयन गर्नकालागि बर्कसायरले १२ देखि १३ अर्ब डलर खर्च गर्ने छ । कूल रकममध्ये २३ अर्ब डलर नगद भुक्तानी हुने र बाँकी रकम ऋणमा परिणत हुनेछ । एचजे हेईन्ज र उनका छिमेकी क्लारेन्स नोबल मिलेर सन् १८६९ मा हेईन्ज कम्पनीको स्थापना गरेका हुन्  । यो कम्पनीले बेलायतमा मात्रै दैनिक १५ लाख क्यान गेडागुडी बिक्री गर्छ  । कम्पनीले १ सय ४० देशमा केचप बिक्री गरेर वार्षिक १ अर्ब ५ करोड डलर आम्दानी गर्छ ।  

Tata
GBIME
Nepal Life