BIZMANDU
www.bizmandu.com

इन्टेक्सको लेटेस्ट स्मार्टफोन ‘क्यू सेभेन एन् प्रो’ बजारमा, वायरलेस हेडसेट उपहार पाइने

२०७३ पुष २५

काठमाडाैं। इन्टेक्सले नयाँ स्मार्टफाेन सार्वजनिक गरेकाे छ । इन्टेक्सकाे क्यू सेभेन एन् प्राे  थाइल्याण्डकाे बैंककबाट सार्वजनिक भएकाे हाे ।

Tata
GBIME
Nepal Life

नेपालमा इन्टेक्सका अाधिकारिक बिक्रेता कम्पनी चाैधरी ग्रुपका वरिष्ठ सामान्य प्रबन्धक रमेश श्रेष्ठले  याे स्मार्टफाेन सार्वजनिक गरेका हुन्।कार्यक्रममा सार्कस्तरीय इन्टेक्स प्रमुख जयस सिन्हाले ग्राहकहरूको चाहनाअनुसार स्मार्टफोन अझै प्रभावकारी ढंगले आउने बताए । इन्टेक्सले ग्राहकहरूलाई दिने सेवालाई सँधै उच्च प्राथमिकता राखेको सिन्हाकाे भनाइ छ ।

कम्पनीले लेटेस्ट स्मार्टफाेन क्यू सेभेन एन् प्राे बनावट र प्रविधिको आधारमा उत्कृष्ट भएकाे दावी गरेकाे छ । याे स्मार्टफाेनकाे खरिदमा वायरलेस हेडसेट सित्तैमा पाउने कम्पनीले जनाएकाे छ ।

थाइल्याण्डमा नेपालका ५५ जना बिक्रेता र कम्पनीका कर्मचारीमाझ याे स्मार्टफाेन लञ्च गरिएकाे थियाे । कार्यक्रममा २०७२\०७३ सालमा भएकाे बिक्रीका अाधारमा  सर्वाधिक बिक्रेताहरूलाई सम्मान गरिएकाे कम्पनीले जारी गरेकाे प्रेस बिज्ञप्तीमा उल्लेख छ ।