BIZMANDU
www.bizmandu.com

सहमति नजिक पुगेको सन्देशले स्टकमा बल्यो हरियो बत्ती, एनएलआईसी दुई हजार माथि

२०६९ फागुन ३

सहमति नजिक पुगेको सन्देशले स्टकमा बल्यो हरियो बत्ती, एनएलआईसी दुई हजार माथि
सहमति नजिक पुगेको सन्देशले स्टकमा बल्यो हरियो बत्ती, एनएलआईसी दुई हजार माथि

काठमाडौं । राजनीतिक सहमतिको नजिक पुगेको खबरपछि साताको अन्तिम कारोवारी दिन स्टक बजारमा सुधार देखियो । तर सुरुवाती चरणमा देखिएको उत्साह बजार बन्द हुँदासम्म भने देखिएन । बिहिवार नेप्से सूचक ३.६ अंकले माथि चढेर बजार बन्द भयो । बैकिङ्ग समूहको सूचक ६.४६ अंक, होटल समूह ९ अंक, जलविद्युत समूह ५.०२ अंक, इन्सुरेन्स समूह ६.१३ अंक माथि चढ्यो । फाइनान्स र अन्य समूहको सूचकमा भने बिहिवार पनि रातो बत्ती बल्यो ।
बिहिवार पनि नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य ९० रुपैयाँले बढ्यो । बिहिवारको वृद्धिपछि नेपाल लाइफको प्रतिसेयर मूलय २०३० रुपैयाँमा पुग्यो । कम्पनीका बिहिवार २२२४ कित्ता सेयर ४५ लाख रुपैयाँमा कारोवार भयो ।
नेपाल लाइफका सेयरधनीले चाँदी कटाइ भैरहँदा नेपाल बैंकका सेयरधनीले भने निरासा व्योहोर्नुपर्यो । कम्पनीको बिहिवार एकै दिन ८९ रुपैयाँले सेयर मूल्य तल झरेर कारोवार भयो । कम्पनीका १३ हजार कित्ता सेयर एक करोड नौ लाख रुपैयाँमा कारोवार भयो । ब्लक सेयरको कारोवार भएका कारण नेपाल बैंकको सेयरमा ठूलो गिरावट आएको छ ।
नेपाल बैंकबाहेक बैकिङ्ग समूहमा नबिल बैंकको सेयर ३८ रुपैयाँ बढेर प्रतिकित्ता १७४९ रुपैयाँ पुग्यो । नविल बैंकको प्रवद्र्धक सेयर ५० रुपैयाँ बढेर ११५० मा कारोवार भयो । स्ट्याण्डर्ड चार्टडको सेयर भने जम्मा २२ रुपैयाँले मात्रै बढेर १९५२ मा कारोवार भयो । नबिल बैंक र चार्टड बैंकको सेयर मूल्य अन्तर अझ कम हुँदै गएको छ ।
सगरमाथा इन्सुरेन्सको सेयर मूल्य पनि ४७  रुपैयाँले बढेर प्रतिकित्ता ९१७ मा कारोवार भयो तर बिहिवारै लाइफ इन्सुरेन्स कम्पनी नेपालको सेयरमा भने ठूलो गिरावट आयो । कम्पनीको प्रतिकित्ता ५७ रुपैयाँले तल झरेपछि प्रतिकित्ता ९३७ मा कारोवार भयो ।
हिमालयन बैंकको सेयर ११ रुपैयाँ बढेर ८०२ मा कारोवार भयो, हिमालयन जनरल इन्सुरेन्सको १७ रुपैयाँ बढेर १९२ मा कारोवार भयो । एभरेष्ट बैंकको सेयर पनि ३० रुपैयाँ बढेर १४५१ मा कारोवार भयो, एभरेष्ट बैंक कन्भर्टिवल प्रिफरेन्स सेयर १० रुपैयाँ बढेर ८१० मा कारोवार भयो । फेवा फाइनान्सको सेयर मूल्य १३ रुपैयाँ घटेर १९३ मा कारोवार भयो भने नागरिक लगानी कोषको सेयर मूल्य समेत १७ रुपैयाँ घटेर १३९० मा कारोवार भयो । बिहिवार एशियन लाइफको सेयर मूल्य १६ रुपैयाँ बढेर २२७ मा कारोवार भयो ।

Tata
GBIME
Nepal Life