BIZMANDU
www.bizmandu.com

भाटभटेनीमा अब कपडाको झोला, प्लाष्टिक झोला लिए उपभोक्ताले थप एक रुपैयाँ तिर्नुपर्ने

२०६९ फागुन ३

भाटभटेनीमा अब कपडाको झोला, प्लाष्टिक झोला लिए उपभोक्ताले थप एक रुपैयाँ तिर्नुपर्ने
भाटभटेनीमा अब कपडाको झोला, प्लाष्टिक झोला लिए उपभोक्ताले थप एक रुपैयाँ तिर्नुपर्ने

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले राजधानीको वातावरण संरक्षण र कम पढेलेखेका महिलाको रोजगारीका लागि ‘हाम्री बहिनी’ नामक परियोजनाद्वारा उत्पादित कपडाका झोलाका बिक्री र प्रयोगका लागि पहल गर्ने भएको छ । भाटभटेनीले राजधानीका पाँचवटा डिपार्टमेन्टल स्टोरबाट महिलाद्वारा उत्पादित  झोलाहरू बिक्री गरी दिनेछ । त्यसैगरी कसैले झोला लिन नचाहेमा सामान खरिद गर्ने उपभोक्ताबाट प्रत्येक प्लास्टिकको झोलामा एक रुपियाँ लिई त्यसमा भाटभटेनीले पचास पैसा थपेर परियोजनाका लागि कोष स्थापना गरिदिने भएको छ ।
हिमालयन क्लाइमेट इनिसियटिभ्सद्वारा सञ्चालित यो परियोजनामा ग्रामीण क्षेत्रका युवती कार्यरत छन् । प्रति झोला ६० रुपैयाँ लागत पर्ने भए पनि जर्मन सरकारको जिआइजेड, ज्योती समूहलगायतका सहयोगमा प्रतिझोला ३० रुपैयाँमा बेच्न लागिएको हो । गतवर्ष भाटभटेनीमा सामान खरिद गरेपछि ६५ लाख रुपैयाँ बराबरको प्लास्टिक झोला दिएको प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए । उनले वातावरण संरक्षणका लागि नौ लाख रुपैयाँ पहिले नै जम्मा गरिएको बताउँदै परियोजनाको कार्यको प्रभावकारिता हेरी थप रकम दिन सकिने बताए । उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले महिलामा आत्मविश्वास जगाएर रोजगारी सिर्जना र वातावरण संरक्षण गर्न परियोजनाले सघाउ पु¥याउने बताए । ज्योति समूहका सौरभ ज्योतिले महिलालाई आर्थिक क्रियाकलापमा लगाउन सके देश समृद्ध हुने बताए ।

Tata
GBIME
Nepal Life