BIZMANDU
www.bizmandu.com

उपत्यकाको दुई सय किलो मिटर सडक धमाधम फराकिलो पार्न थालियो, ३०० किमी सकियो

२०७३ पुष २१

उपत्यकाको दुई सय किलो मिटर सडक धमाधम फराकिलो पार्न थालियो, ३०० किमी सकियो
उपत्यकाको दुई सय किलो मिटर सडक धमाधम फराकिलो पार्न थालियो, ३०० किमी सकियो

काठमाडौं। काठमाडौं उपत्यका विकास प्रधिकरणले उपत्यकामा ३०० किलोमिटर सडक फराकिलो बनाएको छ। चालु आर्थिक वर्षभित्र ५०० किलोमिटर सडक विस्तार गरिसक्ने प्राधिकरणको लक्ष्य अनुसार ३०० किलोमिटर फराकिलो पारिसकिएको हो।

Tata
GBIME
Nepal Life

उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले अहिले ८४ वटा सडकमा विस्तारको काम भैरहेको जानकारी दिँदै १६५ सडकमा मार्किङ सम्पन्न भइसकेको बताए।

विस्तारको स्विकृती पाएका २०० सडक भने मार्किङ गर्न अझै बाँकी छ। विस्तार गरिएका सडकहरु ४ मिटर देखि ६२ मिटर चौडाई सम्मका रहेका छन्।

प्राधिकरणको क्षेत्राधिकारभित्र नपरेका तर विस्तार गर्नु पर्ने सडक सर्वसाधारणको सहमतिमा विस्तार गर्दा न्युनतम ४ मिटरदेखि १४ मिटरसम्म फराकिलो पारिएको छ।

कालिमाटी-नेशनल ट्रेडिङ सडक प्राधिकरणको क्षेत्राधिकार भित्र थिएन, तिवारीले भने, 'स्थानीय जनतासँग सहमती गरेर उक्त सडक १४ मिटर फराकिलो बनाई कालोपत्रे गरिसकेका छौँ।'

स्थानिय जनताकै सहयोगमा विस्तार गरिएका सडक खण्डमा चावहिल गणेशस्थानदेखि लाम पोखरी, छाउनी सिता पाईला, थापाथली नर्भिक बबरमहल, टेकु अम्बे टावरको दायाँ बायाँ, त्रिपुरेश्वरदेखि बागमती करिडोर, सुकेधारादेखि धोबीखोला, मैतिदेवी सेतोपुलदेखि मैतिदेवी चोकसम्म, थापागाउँदेखि बानेश्वरसम्म, मल्ल होटलदेखि ठमेल चोकसम्म, कात्यानी मन्दिर दक्षिणतर्फ र टुकुचा मार्ग स्थानीय जनताको सहमतिमा फराकिलो पारिएको प्राधिकरणले जनाएको छ।

स्थानीय जनताको सहमतिमा बन्न लागेको सडकमध्ये कमलपोखरी-हात्तिसार सडक खण्ड मात्रै कालो पत्रे गर्न बाँकी छ। प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने यो सडक ११ मिटर फराकिलो बनाउने लक्ष्य रहे पनि स्थानीयको सहमति बीना गर्न नपाउने भएकैले ८ मिटर मात्रै फराकिलो बनाउन लागेको तिवारीले बताए।