BIZMANDU
www.bizmandu.com

कम्पनी रजिस्ट्रार कार्यालयमा छापा, निमित्त रजिष्ट्रार अनुपस्थित

२०६९ साउन ३

काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले मंगलबार कम्पनी रजिस्ट्रार कार्यालयमा छापा मारेको छ ।  केन्द्रले कार्यालयमा छापा मारेर निमित्त रजिस्टार केशवबहादुर थापाले निर्णय गरेका सबै फाइल नियन्त्रणमा लिएको छ । थापाले कार्यालयमा आउने सेवाग्राहीबाट रकम लिएर अनियमितता गरेको आरोपमा सर्तकता केन्द्रले छापा मारेको हो ।  छापा मार्दा निमित्त रजिस्ट्रार भने अनुपस्थित थिए । केन्द्रका उपसचिव शेरबहादुर ढुंगानाको नेतृत्वमा रजिस्ट्रार कार्यालयमा छापा मारेको थियो । यसअघि यही टोलीले उद्योग मन्त्रालयबाट थापाले गरेको निर्णयको कागजात लिएको थियो ।

Tata
GBIME
Nepal Life