BIZMANDU
www.bizmandu.com

थाइ विमान कम्पनीको क्यालेण्डरमा विकिनी मोडल, युवतीलाई मार्केटिङ टुल बनाएको भन्दै विवाद

२०६९ फागुन २

थाइ विमान कम्पनीको क्यालेण्डरमा विकिनी मोडल, युवतीलाई मार्केटिङ टुल बनाएको भन्दै विवाद
थाइ विमान कम्पनीको क्यालेण्डरमा विकिनी मोडल, युवतीलाई मार्केटिङ टुल बनाएको भन्दै विवाद

काठमाडौं । विकिनी मोडललाई राखेर क्यालेन्डर सुट गरेपछि थाइल्याण्डको बजेट एयरलाईन्स नोक एयर विवादको घेरामा परेको छ । थाइल्याण्डको बजेट एयरलाइन्स नोक एयरले १२ युवतीलाई राखेर क्यालेन्डर सुट गरेको थियो, विमानको ‘सिग्नेचर’ रंग रहेको पहेंलो बिकिनी लगाएका युवतीलाई विमानको वरिपरि राखेर यी तस्वीरहरु खिचाइएको छ ।

Tata
GBIME
Nepal Life


तर थाइल्याण्डको संस्कृती मन्त्रालयले विमानको यो मार्केटिङ्ग रणनीतिलाई भने मन पराएको छैन् । थाइ मिडियाका अनुसार संस्कृती मन्त्रालयले युवतीको शरिरलाई मार्केटिङ्गको साधन नबनाउन चेतावनी दिएको छ । थाइ सञ्चारमाध्यम नेशनमा संस्कृती मन्त्रालयका सचिव प्रिजना पोङट्याटपिटाकुलुले विमानले सामाजिक र सांस्कृतिक मर्यादा भुलेको, महिलाको आत्मसम्मानलाई पहिचान गर्न नसकेको बताएका छन् । तर नोक एयरले भने यो क्यालेण्डरको बचाउ गर्दै विमानले नारी अस्मितासम्वन्धी सिमा ननाघेको बताएको छ ।


नोक एयरका लागि म्याक्सिम पत्रिकाले यो फोटोसुट गरेर क्यालेण्डर तयार गरेको थियो । नोक एयरका प्रमुख कार्यकारी अधिकृत पाती सरासिनीले सिएनएनसँग एयरलाइन्स व्यापारलाई संधै ‘सेक्सी’ दृष्टिकोणबाट हेरिने बताए । संस्कृती मन्त्रालयको बुझाइ र उनीहरुको प्रतिक्रियाले हामीलाई आश्चर्यमा पारेको छ, यी तस्वीरहरु थाइल्याण्डको सामान्य जीवनभन्दा धेरै भद्दा छैन्, हामीले सीमारेखा नाघेका छैनौं, उनले भनेका छन् । एयरलाइन्स व्यापार विश्वव्यापी रुपमा संघै ‘सेक्सी’ छ, त्यसै अनुसार हाम्रा विमानहरु डिजाइन गरिएका छन्, मोडलहरुको तस्वीरको पृष्ठिभूमीमा राखिएका विमानले त्यसलाई न्याय गरेको छ, उनले भनेका छन् ।


हाम्रा धेरै उपभोक्ताले यो क्यालेन्डर मन पराएका छन्, उनीहरुले एउटा क्यालेण्डरको स्वामित्व लिन पनि चाहेका छन्, बजारमा यस्तो क्यालेन्डर पाउन मुस्किल छ, हामीलाई समाजका हरेक वर्गबा यस्तो क्यालेन्डरको माग आइरहेको छ, प्रमुख सरासिनीले भने । हामीले युवा जमातलाई ध्यान दिन चाहेका छौं त्यसका लागि हामी युवतीहरुमा विश्वास गर्छौ, आफ्नो व्यवसायिक जीवनका लागि मोडलहरु नयाँ छन्, हामीहरु विमानका ग्राहकलाई सेवा दिन जिम्मेवार छौं, हामी हाम्रो एयरलाइन्सलाई युवा बनाएर, हाम्रो हिस्सेदारी कायम राख्न चाहेका छौं, उनले भने ।
क्यालेण्डरमा राखिएका तस्वीरहरु घिनलाग्दा छैनन्, यो क्यालेन्डर सुटले युवतीलाई ठूला ब्राण्डसँग काम गर्ने अवसर दिलाउनेछ, उनीहरु मात्र ‘सेक्स सिम्बोल’ होइनन् । नोक एयरमा थाइ एयरलाइन्सको ४९ प्रतिशत हिस्सा छ भने सरकारको ५१ प्रतिशत हिस्सा छ । यो थाइल्याण्डको सरकारी–निजी साझेदारीको एउटा हिस्सा हो ।