BIZMANDU
www.bizmandu.com

ग्यासमा सरकारले दिएको अनुदान कसरी लिने ? ५५० रुपैयाँ लिन ३ महिना धाउनुपर्ने

२०६९ फागुन २

काठमाडौं । सरकारले बुधवारदेखि लागु हुने गरी ग्यासको मूल्य ६ सय ३० रुपैयाँ बढाएर एक सिलिन्डरको २१ सय रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रिय बजार अनुसार ग्यासको परलमूल्य तय गर्दै घरायसी उपभोक्तालाई ५ सय ५० रुपैयाँ अनुदान फिर्ता दिने सरकारको तयारी छ ।
 घरायसी उपभोक्तालाई अहिलेकै रातो र व्यवसायिकलाई निलो सिलिन्डर बनाएर घरायसी उपभोक्तालाई भने नगद अनुदान फिर्ता दिने व्यवस्था गरेको छ । सरकारले नगद अनुदान दिने जनाएपनि संयन्त्र भने प्रभावकारी छैन ।
अनुदान पाउनको लागि ग्यास कार्ड अनिवार्य लिनुपर्छ । तर सरकारले ग्यास कार्डको प्रभावकारी वितरण गर्न सकेको छैन । कार्ड वितरण गर्न ग्यास बिक्रेता महासंघलाई जिम्मा दिइएको छ ।
झन्डै दश महिनाको अवधिमा एक लाख कार्ड समेत बाँड्न सकेको छैन । जबकी ग्यासको घरायसी उपभोक्ता ८ लाख भन्दा बढी छन् । दश महिनाको अवधिमा वाणिज्य मन्त्रालय र आयल निगमको व्यवस्थापनले कार्ड वितरण गर्न जनचेतना जगाउने कुनै काम गर्न सकेनन् बरु रातो र निलो रङ बनाउन दबाब दिएरै बसिरहे । यसले उपभोक्ताले कार्ड लिन पाएनन भने महासंघले कार्ड वितरणमा कुनै तदारुकता देखाउन सकेन् । महासंघले आफ्ना बिक्रेतामार्फत कार्ड वितरण गर्ने भनेको छ ।
तर धेरै उपभोक्ता यसबाट वाहिरनै छन् । ग्यास कार्ड लिनको लागि उपभोक्ताले पहिला फर्म भर्नुपर्छ । फर्ममा उपभोक्ताको नाम, नागरिकता नम्बर, श्रीमान÷श्रीमती÷ अभिवाकको नाम उल्लेख गर्नुपछै । घरभाडामा बसेकोले घरधनीको नाम, ठेगाना, ब्लक नम्बर उल्लेख गर्नुपर्छ । यो वाहेक उपभोक्ताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र उपभोक्ताको अटोसाइजको दुईप्रति फोटो पनि चाहिन्छ । यो फर्म भरेपछि उपभोक्ताले रातो कार्ड पाउँछ । त्यो कार्ड भरेर बिक्रेतालाई दिनुपर्छ ।
 कार्ड बिक्रेता महासंघ हुँदै आयल निगममा प्रमाणीकरणको लागि पुग्छ । यसरी कार्ड भरेर प्रमाणीकरण गरेर आउँदा तीन महिना भन्दा बढी लाग्छ । उपभोक्ताले कार्ड पाएपछि पनि अनुदान लिनको लागि दुई महिना पर्खनुपर्छ । कार्ड र ग्यास किनेको बिल लिएर आयल निगमले छानेको बैंक अफ काठमान्डूमा गएर नगद अनुदान पाइनेछ ।
उपभोक्ताले अनुदान लिनको लागि लामो झझन्ट बेहोर्नुपर्नेछ । यो वाहेक हतार हतार कार्यान्वयनमा ल्याइएको यो नगद अनुदानले घरायसी उपभोक्ता भन्दा ग्यास उद्योगीलाई फाइदा हुनेछ । अनुदान दुरुपयोगको लागि कुनै संयन्त्र छैन भने ग्यासको दुई वटा रङ पनि गरिएको छैन । होटेल, रेष्टुरेन्ट लगायतका व्यवसायिक प्रयोजनमा समेत घरायसी प्रयोगकै ग्यास जाने सम्भावना रहन्छ ।
 

Tata
GBIME
Nepal Life