BIZMANDU
www.bizmandu.com

मूल्यवृद्धि विरुद्ध उपभोक्ता, प्रधानमन्त्रीलाई जवाफ ‘बरु गरिव निमुखालाई गोली हान’

२०६९ फागुन २

काठमाडौं । प्रधानमन्त्रीले ग्यासमा भएको मूल्यवृद्धिको बचाउ गर्दै ट्विट गरेका छन् । उनले आफ्नो ट्विटमा भनेका छन्, ग्यासको भाउ आमउपभोक्ता (रातो)लाई रु १५५० र व्यवसायिक प्रयोगकर्ता (निलो)लाई रु २१०० हुने हुंदा जनतालाई मर्का पर्दैन । भ्रम नरहोस ।  ग्यासको मूल्य बढाउने प्रधानमन्त्रीको ट्विट अघि र ट्विटपछि पाठकले राम्रै सवाल जवाफ गरेका छन् ।

Tata
GBIME
Nepal Life

यस्ता छन् टि्वट

आयल निगम मुर्दावाद! बरु गरिब निमुखा जनताहरुलाई सिधै गोलि हानेहुन्छ यसरी ह्वात्तै अप्रत्यासितरुपमा ग्यासको भाउ बढाउनु भन्दा त!

business ko lagi badne ho vane sabai khadye product ko mulye badcha . Antim ma janta lai nai asar parne ho

गरीव जनताको प्रधान मन्त्री ज्यु ! हामी जनतालाई DIRECT रु १५५० मै रातो रङ्को ग्यास दिनुस ।

७ लाख कार्ड बाड्नु पर्ने काठमाडौं उपत्यकामा एक वर्षमा कति कार्ड बाँडियो ? कार्ड पाउन कति लामो प्रक्रिया छ ?

साचिकै अनुदान दिन खोजेको हो भने ,अनुदान शिदै नेपाल आयल निगम लाई नै दिनु नी .. के को बैंक ,कार्ड को लफडा .

रातो र निलो ग्यास व्यवहारिक रूपमा लागू नभइसकेको र उपभोक्ता कार्ड समेत सबैले नपाएको अवस्थामा जनताले कसरी पाउँछन् सहुलियत ?

Ma rasteapati bhako bhaya aba chahi timi lai sachai naalayak aayogya ghosa gari char pata mudera lakhetthe

खाना पकाउने ग्यास किन्ने पैसा कमाउन धौ धौ पर्ने जनतासंग यसरी दान माग्दा तपाइंको आत्मा ( छ भने) ले धिक्कार्दैन ?

हाम्रो अफिस नजिक चिया पकाएर बेच्ने दिदीले महिनामा २ सिलिण्डर ग्यास प्रयोग गर्नुहुँदोरहेछ। उहाँले कुन सिलिण्डर प्रयोग गर्ने?

पहिला २१०० तिरेर अनुदान भुक्तानी लिन बैँक जाँदा जनताको समय कति बर्बाद हुन्छ? यो प्रक्रियामा प्रशासनिक खर्च कति हुन्छ?

अनुदान रकम लिन अफिस बिदा लिएर, बस भाडा तिरेर, बैंकमा लाइनलाग्दा लखतरान परेर खाजा खाएर डेरा पुग्दा हुने क्षतिको हिसाब खै हजुर?

समान्य जनता भन्दै उनिहरुको नै ढाड त्यसरी सेक्ने तपाईंलाई साचै नै शायद सार्वजनिक रुपमा बहिसकार गर्ने बेला आए जस्तो छ ।

च्ाार्डपर्वमा चिनी, तेल, नुन र चामलमा २ देखि १० रुपैया छुट दिएर ललिपप दिएका प्रमले जाने बेला प्रतिसिलिण्डर ६ सय तीस रु बढाए