BIZMANDU
www.bizmandu.com

क्रसहोल्डिङ्ग हटाउन एनआइडिसी बैंकले एनआईडिसि क्यापिटलको २० प्रतिशत सेयर सात करोडमा बेच्यो

२०६९ फागुन १

काठमाडौं । क्रसहोल्डिङ्ग भएपछि एनआईडिसी बैंकले एनआइडिसी क्यापिटल मार्केट लिमिटेड (एनसिएम)को २० प्रतिशत सेयर अर्थात चार लाख ६८ हजार ५४५ कित्ता सेयर विक्री गरेको छ । २३ लाख ३५ हजार ६४४ कित्तामध्ये २० प्रतिशत सेयर सात करोड सात लाख ५० हजार रुपैयाँमा बैंकले बीमा संस्थानलाई विक्री गरेको हो । कम्पनीको प्रवद्र्धक सेयर प्रतिकित्ता १५१ रुपैयाँमा कारोवार भएको हो ।
कम्पनीको २५ प्रतिशत सेयर बैंकले असारमै कर्मचारी सञ्चय कोषलाई विक्री गरेको थियो । कर्मचारी सञ्चय कोष र बीमा संस्थानलाई सेयर विक्री गर्नु अघि एनआईडिसी क्यापिटल मार्केटमा एनआईडिसी डेभलपमेन्ट बैंकको ४५ प्रतिशत सेयर हिस्सा थियो । बैंक तथा वित्तीय संस्था सम्वन्धी कानुन बाफियाले क्रस होल्डिङ्गमा रोक लगाएको छ । एनसिएममा राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको पाँच प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको साढे तीन प्रतिशत सेयर स्वामित्व छ । बाँकी ४५ प्रतिशत सेयर सर्वसाधरणसँग छ । कम्पनीले मर्चेन्ट बैंकिङ्ग, निक्षेप तथा कर्जा प्रवाहसम्वन्धी कारोवार गर्दछ । कम्पनीको साधरण सेयरको अन्तिम कारोवार भने प्रतिकित्ता १४५ रुपैयाँमा भएको थियो ।

Tata
GBIME
Nepal Life