BIZMANDU
www.bizmandu.com

राजनीतिक ‘डेडलक’ ‘ब्रेक’ हुँदै, बालुवाटार छाड्न प्रधानमन्त्रीको सानेपा निवासमा सफाइ

२०६९ फागुन १

राजनीतिक ‘डेडलक’ ‘ब्रेक’ हुँदै, बालुवाटार छाड्न प्रधानमन्त्रीको सानेपा निवासमा सफाइ
राजनीतिक ‘डेडलक’ ‘ब्रेक’ हुँदै, बालुवाटार छाड्न प्रधानमन्त्रीको सानेपा निवासमा सफाइ


काठमाडौँ । मंगलवार आठ महिनादेखि जारी राजनीतिक डेडलक टुङ्गिने सम्भावना छ । काँग्रेस एमाले लगायतका दल स्वतन्त्र वा प्रधान्यायाधिशको पक्षमा सहमति नजिक पुगेका छन् भने यही बेला प्रधानमन्त्रीले राजिनामा दिएर बालुवाटार छाड्ने तयारीमा लागेपछि राजनीतिक डेडलक करिव करिव अन्तिम चरणमा पुगेको आंकलन गरिन थालेको छ ।
दलहरु पनि सहमतिका लागि आइतवारदेखि जारी वार्ताको करिव अन्तिम चरणमा पुगेका छन्, मंगलवार हुने वार्तामा प्रधान्यायाधिशलाई अन्तरिम निर्वाचन परिषद्को अध्यक्ष बनाउने, निर्वाचन र दैनिक कार्यसम्पादनका लागि स्वतन्त्र र पूर्व प्रशासक सम्मिलित १० जनाको टिम बनाउने सहमति नजिक दलहरु पुगेका हुन् ।
दलहरुवीच मंगलवार सहमति भए निर्वाचन आयोगमा पदाधिकारी नियुक्ति गर्ने, अन्तरिम निर्वाचन परिषद् गठन लगायतका बाधा अड्काउ फुकाउन संविधान संसोधन गर्ने लगायतका विषय टुङ्गो लाग्नेछ । उता दलहरु सहमति नजिक पुगेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजिनामा दिने भएका छन्, उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर सानेपा सर्ने तयारी पनि गरिरहेका छन् । प्रधानमन्त्री बन्नुअघि बाबुराम सानेपाको डेरामा बस्दै आएका थिए ।

Tata
GBIME
Nepal Life