BIZMANDU
www.bizmandu.com

यो तपाईंको पैसा त होइन नी ? पछिल्लो पाँच वर्षमा दावी नगरिएको लाभांस ८० करोड, बैंकमा मात्रै ४० करोड

२०६९ फागुन १

यो तपाईंको पैसा त होइन नी ? पछिल्लो पाँच वर्षमा दावी नगरिएको लाभांस ८० करोड, बैंकमा मात्रै ४० करोड
यो तपाईंको पैसा त होइन नी ? पछिल्लो पाँच वर्षमा दावी नगरिएको लाभांस ८० करोड, बैंकमा मात्रै ४० करोड


बसन्त खड्का/ बिजमाण्डू
काठमाडौं । सेयरमा लगानी गरेर नगद लाभांस लिन भुल्नु त भएको छैन्, आफ्नो लगानीसम्वन्धी सम्पूर्ण कागजात रुजु गर्नुहोस्, लाभांस लिएको छैन् भने लिने प्रक्रिया अघि बढाउनुहोस् । किनभने पुँजी बजारमा लगानी गरे पनि लगानीकर्ताले झण्डै ८० करोड रुपैयाँ बराबरको नगद लाभांस लिन अझै बाँकी छ । यो लाभांस रकम पछिल्लो पाँच आर्थिक वर्षको हो ।
गत आर्थिक वर्षको अन्तिमसम्म सञ्चालनमा रहेका ३२ मध्ये २१ बाणिज्य बैंकबाट मात्रै सेयरधनीले ४० करोड रुपैयाँभन्दा बढीको लाभांस लिन बाँकी छ, यो रकम पछिल्लो पाँच आर्थिक वर्ष भित्र दावी नभएको लाभांस रकम हो । नेपाल टेलिकमबाट मात्रै सेयरधनीले आर्थिक वर्ष २०६४÷६५ देखि लगातार तीन वर्षसम्म १० करोड रुपैयाँभन्दा बढी भुक्तानी लिन बाँकी छ । त्यसबाहेक नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका र फाइनान्स, विकास बैंक, जलविद्युत कम्पनी, होटल, इन्सुरेन्स, उत्पादन लगायतका समूहमा छुट्टयाइएका कम्पनीबाट पनि लगानीकर्ताले करोडौं रुपैयाँ लाभांस लिन बाँकी छ ।
सबैभन्दा धेरै नेपाल टेलिकम र बैंकबाट लाभांस लिन बाँकी छ, यो रकम मात्रै ५० करोडको हाराहारीमा छ, अन्य कम्पनीबाट थप ३० करोड रुपैयाँको हाराहारीमा लाभांस लिन बाँकी होला, यस सम्वन्धी जानकार एक विज्ञले बताए ।
नेपाल टेलिकमबाट आर्थिक वर्ष २०६४÷०६५ मा ९६ लाख ९३ हजार, २०६५÷०६६ मा दुई करोड पाँच लाख ६० हजार र आर्थिक वर्ष २०६६÷०६७ मा सात करोड ६० लाख २२ हजार रुपैयाँ भुक्तानी लिन बाँकी छ । बाणिज्य बैंकमा एभरेष्टबाट चार करोड नौ लाख रुपैयाँ लाभांस लिन बाँकी छ । (कुन बैंकबाट कति लाभांस लिन बाँकी छ हेर्नुहोस् बक्स)

Tata
GBIME
Nepal Life
कुन बैंकबाट कति लिन बाँकी छ सेयरधनीले लाभांस
नेपाल बैंक छैन  एभरेष्ट    ४०९७४८५८ सिद्धार्थ    २६२२३६३१
आरबीबी    छैन एनएमबी    २४४३८७७९ बैंक अफ काठमाण्डू ३२३८५५१८
   
एनसिसि      
 छैन ग्लोबल     २०००२९९१ इनभेष्टमेन्ट       २६०६६९६४
लुम्बिनी  छैन सिटिजन्स    २६०९५८४७ एसबीआई    १४०७१६९१
हिमालयन           ५४७४७३१ माछापुच्छ्रे    १२४१५४१   कुमारी    ७८०६४१९
सनराइज    छैन    बैंक अफ एयिशया    २१६७५१६१ एनबी बैंक    १३२४६०४
लक्ष्मी    ८३५७६०० ग्राण्ड    ९९५४८० सानिमा    ८८९३८९०
स्ट्याण्डर्ड चार्टड                  २५७७३८३४ एनआईसी    ३३५७०००० प्राइम    ३८५६६८९०
कृषि    छैन   किष्ट    ६३५४४१० नविल     ३५१९७७४१

स्रोतः सम्वन्धित बैंकको वार्षिक वित्तीय विवरणबाट

नबिलका सेयरधनीले साढे तीन करोड, इन्भेष्टमेन्ट बैंकका सेयरधनीले दुई करोड ६० लाख, बैंक अफ काठमाण्डूका सेयरधनीले तीन करोड २३ लाख, ग्लोबल आइएमईका सेयरधनीले दुई करोड, सिद्धार्थ बैंकका सेयरधनीले दुई करोड ६२ लाख रुपैयाँ लाभांस दावी गर्न बाँकी छ । बक्यौता भएको लाभांस लिन अधिकांश कम्पनीले विभिन्न माध्यमबाट सूचना समेत जारी गर्ने गरेका छन् । तर न्युन लगानीकर्ताले मात्रै त्यस्तो रकम लिने गरेका छन् ।
कम्पनीले लाभांस वितरण घोषणा गरेको ३० दिन भित्र नगद लाभांस वितरण गरिसक्नुपर्दछ । त्यसरी वितरण नभएको लाभांस रकमलाई लाभांस दावी नभएको खातामा सार्नुपर्दछ । पाँच वर्षसम्म पनि लाभांस दावी नगरे त्यसलाई लगानीकर्ता संरक्षण कोषमा राख्ने व्यवस्था कम्पनी ऐनले गरेको छ ।
कम्पनी ऐनले यस्तो कोष सञ्चालनका लागि कम्पनी रजिष्टारको कार्यालयको अध्यक्षतामा धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज सदस्य भएको एउटा समिति बनाउन प्रस्ताव गरेको छ । कोषमा जम्मा भएको रकम लगानीकर्ताको हित प्रवद्र्धनका लागि खर्च गरिने व्यवस्था छ । तर अहिलेसम्म कोषमा कति रकम जम्मा भएको छ भन्ने जानकारी स्वयं कम्पनी रजिष्टारको कार्यालयसँग पनि छैन् । कार्यालयले कोष सञ्चालनका लागि अहिलेसम्म समिति पनि बनाएको छैन् । भारतमा भने साता वर्षसम्म लाभांस दावी नभए त्यसलाई लगानीकर्ता शिक्षा तथा संरक्षण कोषमा सार्ने व्यवस्था छ । यो वर्ष भारतमा प्रमुख ५० कम्पनीमा पाँच अर्ब ३० करोड भारु दावी नगरिएको लाभांस खातामा राखिएको छ ।