BIZMANDU
www.bizmandu.com

एनबी बैंकले व्याजदरमा परिवर्तन गर्यो, बचतमा चार प्रतिशतदेखि साढे आठ प्रतिशतसम्म

२०६९ माघ २९

काठमाडौं । एनबी बैंकले ब्याजदरमा परिवर्तन गरेको छ । फागुन १ देखि लागु हुने गरी बैंकले निक्षेपको ब्याजदर परिवर्तन गरेको हो । बैंकले एनबी सरल बचत खाताको चार प्रतिशत, साधरण बचतमा साढे ४ प्रतिशत, गृहिणी बचतमा साढे पाँच प्रतिशत, एनबी सेयरधनी बचत खातामा साढे चार प्रतिशत, एनबी सेभिङ प्लस एकाउन्टमा पाँच प्रतिशत, इम्प्लोई बचत खातामा साढे चार प्रतिशत, एनबी एनिभरसरी बचत खातामा ६ प्रतिशत र बाल बचतमा साढे पाँच प्रतिशत व्याजदर तोकेको छ । बैंकले एक वर्षे मुद्धति खातामा राख्ने बचतकर्तालाई साढे सात प्रतिशत, दुई वर्षे मुद्धतिलाई आठ प्रतिशत र दुई वर्ष भन्दाको माथिलाई साढे आठ प्रतिशत ब्याजदर तोकेको छ ।

Tata
GBIME
Nepal Life