BIZMANDU
www.bizmandu.com

सिन्धु विकास बैंकको फागुन तेस्रो साता सेयर आउने, पाँच लाख कित्ता सर्वसाधरणलाई

२०६९ माघ २९

काठमाडौं । सिन्धु विकास बैंकले फागुनको तेस्रो साता सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनको लागि ग्रोमर मर्चेन्ट बैंक बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । ‘फागुनको तेस्रो साता सर्वसाधरणमा सेयर जारी गर्नेछौ,’ बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने, ‘हामीले बिक्री प्रवन्धक समेत नियुक्त गरिसकेका छौ ।’
बैंकले सर्वसाधरणका लागि छुट्याइएको ४ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्नेछ । सिन्धुपाल्चोकको वाह्रविसेमा केन्द्रीय कार्यालय रहेको बैंक २०६७ सालमा स्थापना भएको हो । अधिकृत पुँजी २० करोड र जारी पुँजी ५ करोड १० लाख रुपैयाँ छ । बैंकको खाडीचौर, मेलम्ची र बनेपामा शाखा छ । बैंकको अधिकांश संस्थापक सेयरधनी सिन्धुपाल्चोकका छन् । हालसम्म बैंकले ६० करोड निक्षेप संकलन गरेर बैंकले ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष श्रेष्ठले बताए ।

Tata
GBIME
Nepal Life