BIZMANDU
www.bizmandu.com

निसानको नाफामा ठूलो गिरावट, युरोप, चीन र अमेरिकी बजारमा कारको माग निरासाजनक

२०६९ माघ २९

निसानको नाफामा ठूलो गिरावट, युरोप, चीन र अमेरिकी बजारमा कारको माग निरासाजनक
निसानको नाफामा ठूलो गिरावट, युरोप, चीन र अमेरिकी बजारमा कारको माग निरासाजनक


टोक्यो । जापानको कार निर्माता निसानको नाफामा ठूलो गिरावट आएको छ । युरोप, चीन र अमेरिकामा कारको मागमा आएको गिरावटले  गत वर्षको अन्तिम त्रैमासिकमा नाफामा घटेको कम्पनीले जनाएको छ । कम्पनीको यो अवधिमा खुद नाफामा ५८ करोड ३० लाख डलरले कमी आएको छ ।  यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशतले कम हो । कम्पनीका अनुसार सोही अवधिमा कम्पनीको कार बिक्रीमा ५ दशमलब ३ प्रतिशतले कमी आएको छ । चीनको बजारमा सबैभन्दा कार बिक्रीमा कम्पनीले सबैभन्दा ठूलो धक्का बेहोरेको छ । कम्पनीका अनुसार चीनमा निसान कारको बिक्री ३१ दशमलब ३ प्रतिशतले घटेको छ । यो वाहेक युरोपको आर्थिक मन्दीले कार बिक्री निरासाजनक रहन पुग्यो ।
‘निसानको तेस्रो त्रैमासको प्रगतिले हाम्रो अपेक्षालाई पूरा गर्न सकेन,’ कम्पनीका प्रमुख कार्यकारी कार्लोस घोसले भने । उनका अनुसार अहिलेको प्राथमिक नतिजाले युरोपमा अटो व्यवसायनै सञ्चालन गर्न कठिन रहेको देखाउँछ ।

Tata
GBIME
Nepal Life