BIZMANDU
www.bizmandu.com

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा बस्नेत निर्वाचित, सहकारीको दिगो विकासमा लाग्ने

२०७३ पुष ३

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा बस्नेत निर्वाचित, सहकारीको दिगो विकासमा लाग्ने
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा बस्नेत निर्वाचित, सहकारीको दिगो विकासमा लाग्ने

काठमाडौं।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को अध्यक्षमा डिबी बस्नेत निर्वाचित भएका छन्।संघको २५औं वार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन्।
 
संघको बरिष्ठ उपाध्यक्षमा परितोष पौड्याल,महासचिवमा चन्द्र ढकाल र कोषाध्यक्षमा केशव पोखरेल निर्वाचित भएका छन्। संघको संचालकमा महिलातर्फ शान्ति अधिकारी,गोमा नेपाल र चन्द्रकुमारी खड्का निर्वाचित भएका छन्।

Vigo
GBIME
Tata

प्रमुख निर्वाचन अधिकृत रामचन्द्र सिंखडाले पद तथा गोपनियताको सपथ गराएका छन्।अध्यक्ष बस्नेतले नेपालको वित्तिय सहकारी अभियानको व्यवस्थापन र विस्तारका लागि काम थाल्ने बताए।उनले सहकारीको गुणस्तरीयता र दिगो विकासका लागि संघले अभियान थाल्ने जानकारी दिए।