BIZMANDU
www.bizmandu.com

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा जम्मा ३७ लाखले वढ्यो, ब्याज आम्दानी घट्यो, इपिएस पनि घट्यो

२०६९ माघ २८

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ५५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो पुसको भन्दा जम्मा ३७ लाख रुपैयाँले वढी हो ।
ऋण विस्तार गरेपनि खुद ब्याज आम्दानी कम गरेको बैंकले नोक्सानी व्यवस्थामा कम रकम राखेका कारण नाफालाई घट्न नदिएको हो । बैंकले डलर किनबेच र अन्य सञ्चालन आम्दानी सामान्य मात्र वृद्धि गरेको छ ।
अरु बैंकले स्प्रेड वढाएर नाफा कमाइरहेका बेला स्ट्यान्डर्डले स्प्रेड घटाएर लगानी विस्तार गरेको छ । बैंकले ३.८९ प्रतिशतको स्प्रेडलाई ३.८३ प्रतिशतमा झारेको छ ।
बैंकले निक्षेप संकलन घटाएर कर्जा लगानी विस्तार गरेको छ । बैंकको निक्षेप १.७४ प्रतिशतले घटेर ३७ अर्ब ५ करोडमा सीमित भएको छ । कर्जा लगानी भने ३.६६ प्रतिशतलेवढेर १९ अर्ब ८२ अर्ब पुगेको छ ।
बैंकले नोक्सानी व्यवस्थाको रकम ७३.६९ करोडले घटाएर ३ करोडमा झारेको छ । डुवेको ऋणमध्ये ३ करोड ५३ लाख रुपैयाँ उठाएको छ । यसबाट बैंकको नाफा धानिएको छ ।
बैंकको प्रति सेयर आम्दानी घटेको छ । अघिल्लो पुसमा ६८.९६ रुपैयाँ रहेको आम्दानी यसपाली ६०.२९ रुपैयाँमा झरेको छ । पिइ रेसियो ३४.२५ गुणा पुगेको छ ।
 

Tata
GBIME
Nepal Life