BIZMANDU
www.bizmandu.com

नेपाल बैंकका ऋणीलाई ब्याज छुट, एक लाखदेखि २५ लाखसम्म ऋण लिएकालाई लक्षित

२०६९ माघ २८

काठमाडौं । नेपाल बैंक लिमिटेडले एक लाखदेखि २५ लाखसम्म ऋण लिएका ग्राहकलाई ब्याज छुट योजना ल्याएको छ । बैंकबाट २०५८ चैत मसान्त अगाडी ऋण लिएकाले यो छुट पाउनेछन् । बैंकका अनुसार एक लाखसम्म कर्जा लिएकाले साँवा रकम र बाँकी साँवाको २० प्रतिशतले हुन आउने रकम ब्याज वापत बुझाएमा अन्य ब्याज मिनाहा हुनेछ ।
पाँच लाखसम्मका कर्जाको लागि बाँकी साँवा रकम र बाँकी साँवाको ४० प्रतिशत रकम ब्याज बुझाएमा अन्य ब्याज मिनाहा हुने बैंकले जनाएको छ । यस्तै दश लाखसम्मका कर्जा लिएका ग्राहकले बाँकी साँवा रकम र बाँकी साँवाको ६० प्रतिशत रकम ब्याज वापत बुझाएमा ब्याज मिनाहा हुने बैंकले जारी गरेको सूचनामा छ ।
पन्ध्र लाखसम्मका कर्जा लिएका ग्राहकले बाँकी साँवा रकम र बाँकी साँवाको ८० प्रतिशतले हुने आउने रकम ब्याज बुझाएमा बाँकी ब्याज मिनाहा हुनेछ । बीस लाखसम्मको कर्जाको हकमा बाँकी सावा रकम र बाँकी साँवाको ९० प्रतिशतले हुन आउने रकम बुझाएमा बाँकी ब्याज मिनाहा हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार २५ लाखसम्मका कर्जाको हकमा हाल बाँकी साँवा रकम र बाँकी साँवा बराबर हुन आउने रकम ब्याज बुझाएमा बाँकी ब्याज मिनाहा हुनेछ । बैंकका अनुसार ऋणीले विगतमा आंशिक भुक्तानी गरेको भएमा भुक्तानी बराबरको रकम बराबर साधारण ब्याजमा छुट दिइनेछ । यो योजना चैत मसान्तसम्म लागु हुने बैंकले जनाएको छ ।

Tata
GBIME
Nepal Life