BIZMANDU
www.bizmandu.com

गत आवमा पूर्वी क्षेत्रको व्यापारघाटा एक खर्ब रुपैयाँ बढी, ८७ प्रतिशत ब्यापार भारतसँग

२०७३ मंसिर २५

विराटनगर । पूर्वी क्षेत्रबाट गत आर्थिक बर्षमा भारतलगायत तेस्रो मुलुकसँगको कारोबार एक खर्ब २२ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ।  करिब एक खर्ब ७९ अर्बको कारोबारमा त्यति व्यापारघाटा भएको हो।
पूर्बबाट भारतलगायत तेस्रो मुलुकतर्फ करिब २६ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न प्रकार वस्तु निर्यात गरिएको थियो। बर्ष भरमा यो क्षेत्रबाट आयात भने करिब एक खर्ब ४९ अर्ब रुपैयाँको भएको बिराटनगर भन्सार कार्यालयले जनाएको छ। 
 
नेपालबाट निर्यात गरिएका वस्तुमा सबैभन्दा बढी भारततर्फ नै पठाइएको छ। भारततर्फ ८७ प्रतिशत र तेस्रो मुलुकमा १३ प्रतिशत बस्तु निर्यात गरिए हो। 
भारतबाहेक बङ्गलादेशतर्फ करिब एक अर्ब २० करोड, टर्कीतर्फ ८४ करोड ३० लाख, अमेरिकातर्फ ४१ करोड १३ लाख, इटलीतर्फ २० करोड १५ लाख, चीनतर्फ १५ करोड ६२ लाख रुपैयाँ बराबरको बस्तु निर्यात गरिएको हो। त्यस बाहेक भुटान, क्यानडा, बेलायत र भियतनाम लगायतका मुलुकमा पनि नेपाली बस्तु निकासी गरिएको छ।
 
नेपालबाट निर्यात हुने वस्तुमा सबैभन्दा बढी ठूलो सुकुमेल, फलाम र जस्तापाता, चिया, कपडा, जुटको धागो, तयारी कपडा तथा जुटको झोलालगायत छन्। यसका साथै पूर्बबाट तयारी पोसाक, चोकर, चाउचाउ, प्लास्टिक तथा प्लास्टिक निर्मित वस्तु, अदुवा, अम्रिसो, गलैँचालगायत वस्तु पनि निर्यात हुने भन्सार कार्यालयका प्रमुख कृष्ण रेग्मीले जानकारी दिए।
 
पूर्वाञ्चलका नाकाबाट आयात हुने वस्तुमा इन्धन, फलाम तथा फलामबाट निर्मित वस्तु, प्लास्टिक तथा प्लास्टिकबाट निर्मित वस्तु छन्। त्यस्तै अन्न, तेलीय पदार्थ, यन्त्र तथा यान्त्रिक उपकरण, खाद्य, तरकारी, विद्युतीय सामग्री तथा उपकरण एवं विभिन्न प्रकारका गाडी तथा गाडीका सामान आयात भएका छन्।
 

Tata
GBIME
Nepal Life