BIZMANDU
www.bizmandu.com

अब पहाडी जिल्लामा पनि उद्योगग्राम, छरिएका घरेलु तथा साना उद्योग एकिकृत गर्ने

२०७३ मंसिर २५

खोटाङ । जिल्लामा औद्योगिक ग्राम स्थापनाका लागि स्थलगत अध्ययन सुरु गरिएको छ।
 
विभिन्न स्थानमा छरिएर रहेका घरेलु तथा साना उद्योगलाई एउटै थलोमा ल्याएर एकीकृत रुपमा सञ्चालन गर्ने उद्देश्यले स्थापना गर्न लागिएको औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन सुरु गरिएको हो। 
 
औद्योगिक ग्रामका लागि आवश्यक पर्ने जग्गा, पानी, विद्युत् र सहरीकरणको सम्भावनाका विषयमा अध्ययन थालिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ खोटाङका अध्यक्ष रामबहादुर राईले बताए।
 
सरकारी लगानीमा स्थापना गर्न लागिएको औद्योगिक ग्रामका लागि दिक्तेल नगरपालिकाको वात्तल र तालखर्क तथा पाथेका गाविसको ठूलोबारी आसपास क्षेत्रमा सम्भाव्यता अध्ययन गरिएको छ । 
 
पिकासो कन्सलटेन्सी प्रालि काठमाडौँका इन्जिनियर मण्डु अधिकारीसहितको टोलीले गरेको स्थलगत अध्ययन गरेको हो। टोलीले दिने प्रतिवेदन कार्यालयमार्फत उद्योग मन्त्रालयमा पठाइने घरेलु तथा साना उद्योग विकास समिति खोटाङका निमित्त प्रमुख दिनेशकुमार राईले जानकारी दिए। 
 

Tata
GBIME
Nepal Life