BIZMANDU
www.bizmandu.com

यस्ता छन् सेयर बजारलाई प्रभाव पार्ने हल्ला, तारे होटलको बैठकदेखि राजनीतिकसम्मको हल्ला

२०७३ मंसिर २२

यस्ता छन् सेयर बजारलाई प्रभाव पार्ने हल्ला, तारे होटलको बैठकदेखि राजनीतिकसम्मको हल्ला
यस्ता छन् सेयर बजारलाई प्रभाव पार्ने हल्ला, तारे होटलको बैठकदेखि राजनीतिकसम्मको हल्ला

काठमाडौँ । पछिल्लो समय सेयर बजारमा तिब्र उतार चढाव देखिएको छ। महिना दिनको अन्तरमा बजार २०० अंकले तल झरे पनि उतार चढाव त्यो भन्दा धेरैको भइसकेको छ। एकै दिन बजारमा १०० अंकसम्मको उतार चढाव आयो।

Tata
GBIME
Nepal Life

आखिर अहिले लगानीकर्ताको मनस्थिती के छ र बजारमा यति बिघ्न उतार चढाव हुन्छ?

बिजमाण्डूले ब्रोकर कार्यालयमा लगानीकर्ताहरु बीच चल्ने केहि किस्सालाई टिपोट गरेको छ। बजारमा एक पछि अर्को हल्ला आइरहेका हुन्छन्। त्यसलाई पुष्टि गर्न तिर नलागी सेयर किनबेचको निर्णय लिनहाल्ने प्रबृत्ति लगानीकर्ताको देखिन्छ।

लगानीकर्तालाई सबै भन्दा धेरै छुने बिषय राजनीति नै बनेको छ। दलहरुबीच कुनै एजेन्डामा मत मिल्दैछ रे भनेर कसैले सुनाउने बित्तिकै लगानीकर्ता सेयर खरिदका लागि एकाएक उत्साहित भइ हाल्छन्। दलहरु बीच फाटो बढेको हल्लाले पनि त्यस्तै चाँढो प्रभाव पार्छ। एमाले संबिधान संसोधनको विपक्षमा रहे पछि बजार निरन्तर प्रभावित बनेको थियो।

मंगलबार बजार खुल्ने बित्तिकै राष्ट्रिय प्रजातन्त्र प्रार्टीले पनि संबिधान संसोधनको विपक्षमा भन्ने हल्ला कसैले सेयर बजारमा सुनायो। बजारमा त्यसको प्रभाव देखिइ हाल्यो। लगानीकर्ता सेयर बेच्न थाले। फेरि केहि क्षणमा राप्रपा बिपक्षमा भन्दा पनि प्रकृया रोकेर छलफललाई आग्रह गरेको भन्ने हल्ला आयो। त्यसको परिमाण स्वरुप बजार हरियो हुन थाल्यो।

एउटा ब्रोकर अफिसमा अलानीकर्ताहरुबीच कुनै हल्ला आयो भने त्यो तुरुन्तै अरुकहाँ पनि फैलिन्छ।
 
राजनीतिक अस्थिरता पछि लगानीकर्ताले गफ गर्ने विषय सुनिन्छ बैंकको तरलता अभाव। मंगलबारसम्म तरलता अभाव लामो समय चर्कने लक्षण देखिएको हुँदा बजार अझ तल आउने चर्चा थियो। मंगलबार साँझ सरकारले पुनर्निर्माण प्राधिकरणका लागि ३३ अर्ब रुपैयाँ निकासी गरेपछि अब त्यो पैसा बैंक आउने र तरलता सहज हुने हल्ला सुरु भएको छ।

अरु केहि यस्ता हल्ला बजारमा सुनिन्छन् की न त्यसको कतैबाट पुष्टि हुन्छ न कसैले थप सोधिखोजिनै गर्छन्। केहि समय बजारलाई प्रभाव पारेर ति हल्ला आफैं सेलाउँछन्।

घट्न थालेपछि केहि समय अघि बजारमा चर्चा चल्यो- ‘पाँच तारे होटलमा मिटिङ गरेर बजार घटाउने निर्णय भएको छ रे।’

मिटिङ कहाँ, कहिले र को को बीच भयो भन्ने केहि आउँदैन। यति हल्ला चलेपछ लगानीकर्ताको मनोबललाई तरंगित पार्न पर्याप्त भइदिन्छ।

ब्रोकर अफिस मात्र होइन फेसबुक, भाइवर जस्ता सामाजिक सञ्जालमा समेत लगानीकर्ताले समुह बनाएर बजारमा आएका ‘र्यु,मर’ एक आपसमा सेयर गर्छन्।

एक लगानीकर्ताले ग्रुपमा बजार बारे लेखेका छन्-
बिगत देखिको हाम्रो बुल चक्र !
पहिलो बुल (१९९८/८/८ )२२६.८५ ईन्डेक्समा सकियो
दोश्रो बुल (२०००/११/२३) ५४५ ईन्डेक्समा सकियो
तेश्रो बुल(२००८/८/३१) ११७५.३८ ईन्डेक्समा सकियो

११७५ पछि बजार क्र्यास भयो अनि बजार २९२.३२ सम्म झर्यो , र त्यो बिन्दु बाट हाम्रो चौथो बुल सुरु भयो।

बिगत देखिका बुल साईकल हेर्दा बजार एक पटक बुल चक्रमा छिरिसके पछि कम्तिमा पहिलेको उच्च विन्दु भन्दा कमसेकम २ गुणा वृद्धि भएको पाईयो।

यी सबै तथ्यांक हेर्दा हाम्रो बुल ११७५*२= २३५० हुनै पर्ने थियो।

बजार १८८१ सम्म पुग्दा धितोपत्र बोर्ड र अहिले देखिएको ब्याज दरमा वृद्धिका कारण बुल दुगुर्न सकेन।
सायद बजारले २३५० को लक्ष्य बनाएको छ।

अर्का लगानीकर्ताले भने सबै लगानीकर्ताको सेयर मूल्य महङ्गो पुगिसकेको हुँदा राम्रै करेक्सन हुने सूचना सेयर गरेका छन्।

अर्को एक जनाले लेखेका छन्- अहिले सबै सर्ट टर्म ट्रेडिङमा छन्। त्यसैले धितोपत्र बोर्डले नआत्तिनु भनेर जति सुचना निकाले पनि बजारलाई छुँदैन।

अर्का एक जनाले कवितामै भनेका छन्-
नखुलेको आकाश खुलेर आयो,
नवढेको सेयर वढेर आयो
नपिउ भन्छु सेयरको प्याला
नपिई नहुने कस्तो हो चाला
मैले त भन्थे शिखर किनौत
तो वेचिकन EBL खोजौत
न किनी API मानेनन साथी
खनिए वेस्सरी गुरूनै मै माथी
आज पनि मार्केट वढला त "सुमन" भाई!!!