BIZMANDU
www.bizmandu.com

जर्मनीमा इन्टरनेट प्रयोग बारे नयाँ तथ्य, ‘१०देखि ४४ बर्ष सम्मका सबैले इन्टरनेट चलाउँछन्’

२०७३ मंसिर २१

जर्मनीमा इन्टरनेट प्रयोग बारे नयाँ तथ्य, ‘१०देखि ४४ बर्ष सम्मका सबैले इन्टरनेट चलाउँछन्’
जर्मनीमा इन्टरनेट प्रयोग बारे नयाँ तथ्य, ‘१०देखि ४४ बर्ष सम्मका सबैले इन्टरनेट चलाउँछन्’

बर्लिन । जर्मनीमा ८१ प्रतिशत जनताले मोबाईलबाट इन्टरनेट चलाउने गरेको पाइएको छ ।  सङ्घीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको सन् २०१६ को पहिलो चौमासिक विवरणमा ६९ प्रतिशतले भने ल्यापटप वा नेटबुकबाट इन्टरनेट चलाउने गरेको जनाएको छ ।

Tata
GBIME
Nepal Life

त्यसैगरी डेस्कटप कम्युटरबाट इन्टरनेट प्रयोग गर्नेहरुको संख्या ६५ प्रतिशत रहेको बताइएको छ ।  साथै १९ प्रतिशत जनताले स्मार्ट टेलिभिजनबाट र १७ प्रतिशतले इबुक रिडर लगायतका अन्य साना डिभाइसबाट इन्टरनेटको प्रयोग गर्ने गर्दछन् ।   

 
तथ्याङ्कले यो पनि देखाएको छ की, १० बर्ष देखि ४४ बर्ष सम्मका करिब शतप्रतिशत नागरिकले इन्टरनेट प्रयोग गर्दछन् भने ४५ बर्षदेखि ६४ बर्ष सम्मको उमेर समूहका ९३ प्रतिशत नागरिकले इन्टरनेट प्रयोग गर्ने गरेको छन् । 
 
तुलनात्मक रुपमा ६५ बर्षदेखि माथिको उमेर समूहमा भने निकै थोरैले मात्रै इन्टरनेट प्रयोग गर्ने गरेको तथ्यांक छ । सो उमेर समूहका प्रयोगकर्ता अघिल्लो बर्षको तुलनामा भने अहिले बढेका छन् । 
 
पैसठ्ठी बर्षदेखि माथिको समूहले सन् २०१५ मा ४९ प्रतिशत थिए भने,  सन् २०१६ मा यो भन्दा माथिको ५५ प्रतिशत जर्मन नागरिकले इन्टरनेट प्रयोग गर्न थालेका छन् ।