BIZMANDU
www.bizmandu.com

हवार्इ इन्धनको मूल्य लिटरमा ८ रुपैयाँ घट्यो, अरु पेट्रोलियम पदार्थको मूल्य यथावत

२०७३ मंसिर २०

हवार्इ इन्धनको मूल्य लिटरमा ८ रुपैयाँ घट्यो, अरु पेट्रोलियम पदार्थको मूल्य यथावत
हवार्इ इन्धनको मूल्य लिटरमा ८ रुपैयाँ घट्यो, अरु पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौं। नेपाल आयल निगमले हवार्इ इन्धनको मूल्य लिटरमा ८ रुपैयाँ घटाएको छ।निगमले सोमबार रातीदेखि लागु हुनेगरी हवार्इ इन्धनको मूल्य घटाएको हो।

Tata
GBIME
Nepal Life

निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ।निगमका वितरण विभाग प्रमुख सिताराम पोखरलले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरिएको बताए।

अब आन्तरिकतर्फ हवार्इ इन्धनको मूल्य लिटरको ८६ रुपैयाँ भएको छ। हवार्इ इन्धनको मूल्य घटेपछि आन्तरिकतर्फ फ्युल सरचार्जको रुपमा हवार्इ भाडा केही घट्नेछ।

 
निगमले बाह्यतर्फ भने प्रतिकिलोलिटर ८१ डलर मूल्य घटाएको छ। बाह्यतर्फ एक किलोलिटर हवार्इ इन्धनको मूल्य ७ सय ५० डलर कायम भएको छ।उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य अनुसार अन्य पेट्रोलियम पदार्थको मूल्यमा सामान्य मात्रै घटबढ भएकोले मूल्य यथावत राखिएको हो।

इन्डियन आयल कर्पोरेशनले डिसेम्बरमा पठाएको नयाँ मूल्य अनुसार खाना पकाउने ग्यासमा निगमलार्इ नोक्सानी भएको छ।निगमलार्इ अहिलेसम्म सबै पेट्रोलियम पदार्थमा नाफा थियो। जाडोमा ग्यासको माग हुने भएकोले अन्तर्राष्ट्रिय बजारमा मूल्य पनि बढ्ने गर्छ।