पुस महिना भित्रमा मुख्य कार्यालय काठमाडौंमा स्थानान्तरण गरिने र त्यसको स्वीकृति र तयारी पूरा भएको सिइओ भरतराज ढकालले जानकारी दिए । बैंकको हालै सम्पन्न साधारणसभाले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । राष्ट्रबैंकले तोकेकै समयमा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउने दाबी ढकालले गरे ।
कार्यक्षेत्र विस्तारकै क्रममा ओखलढुंगा, मकवानपुर, पर्सा र नवपरासीमा ८ शाखा थप गरिने भएको छ । हाल ५० भन्दा बढी शाखा र ६ सय कर्मचारी रहेको मुक्तिनाथले स्याङ्जा कास्की र तनहुँका सबै जिल्लमा बैंकिङ पहुँच पुर्याएको छ ।
असोज मसान्तसम्म १२ अर्ब ८८ करोड निक्षेप संकलन गरी ११ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको उनले बताए। उनका अनुसार चालु आवको ३ महिनामा ९ करोड ९७ लाख खुद नाफा कमाएको छ । जगेडा कोषमा ६० करोड ३१ लाख रुपैयाँ रहेको मुक्तिनाथको एनपिएल शून्य दशमलव १८ प्रतिशत छ । हालसम्म विपन्न वर्ग कर्जा २६ दशमलव ३५ प्रतिशत रहेको छ ।