BIZMANDU
www.bizmandu.com

डाबरले दियो माउन्टेन बाइक, पेप्सीले दियो मोटरसाइकल

२०६९ साउन २

काठमाडौं । रियल फ्रुट जुसले सञ्चालन गरेको ‘रियल फ्रुट पावर कन्टेस्ट –जिन्दगी रमाउँछ, फ्रुट पावरले जिताउँछ’ ग्राहक योजनको १५औं साताको विजेता घोषित गरिएको छ ।  यो साताको विजेता राजधानीका विमल तुलाधर भएका छन् । उनले चेन जोमसन माउन्टेन वाइक उपहार पाएका हुन् । डाबर नेपालको उत्पादन रियल जुसको प्रवद्र्धन गर्न यो योजना ल्याएको हो । कम्पनीले सुपर बम्पर पुरस्कार ५ लाखको छात्रवृत्ति र मासिक १ लाखको छात्रवृत्ति योजना राखेको छ ।
सफ्ट ड्रिक्स उत्पादक बरुण वेभरेजको पेप्सी प्रवद्र्धन गर्न ल्याएको ‘ड्रिक्स एन्ड ड्राइभ’ अन्तर्गतको दोस्रो र तेस्रो साताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । कम्पनीले सोमबार पुतलीसडकका मनोज हमाल र झापाका सन्तोष लिम्बुलाई बजाज डिस्कभर मोटरसाइकल वितरण गरेको हो । कम्पनीले सार्प कम्पनीको ३२ इन्चको एलसिडी टिभी पनि बिजेताहरुलाई वितरण गर्यो ।

Tata
GBIME
Nepal Life