BIZMANDU
www.bizmandu.com

आइडिया समिटमा उद्यमीको सफलताको कथा,’ठूलो सोच राखे सफलता सम्भव’

२०७३ मंसिर १३

आइडिया समिटमा उद्यमीको सफलताको कथा,’ठूलो सोच राखे सफलता सम्भव’
आइडिया समिटमा उद्यमीको सफलताको कथा,’ठूलो सोच राखे सफलता सम्भव’


काठमाडौं । क्लक बी विजनेस इनोभेसन्सले ब्यवसायका लागि नयाँ सोचको सिर्जना गर्न राजधानीमा ‘आइडिया डिजाइनिङ समिट’ गर्यो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा बैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्यले युवापुस्ता नयाँ क्षेत्रमा सिर्जनात्मक ढंगले लागिरहेको बताए ।

Tata
GBIME
NLIC

‘युवाको सिर्जनात्मक क्षमतालाई अभिबृद्धि गरेर त्यसलाई ब्यवसायिक रुपमा प्रयोग गर्न सके मुलुकमा आर्थिक समृद्धि सम्भव छ,’ उनले भने, ‘यसले मुलुकमै रोजगारी सिर्जना गर्नेछ ।’
 

आर्इएमर्इ समूहका  अध्यक्ष चन्द्र ढकालले ठूलो सोच राखेर अगाडी बढेमा सफलता सम्भव रहेको बताए। उनले आर्इएमर्इ समूहको बारेमा जानकारी दिँदै भने- ‘समयअनुसार चल्न सके जुनसुकै संस्थालाई ठूलो आकार दिन सकिन्छ ।’
 
कार्यक्रममा सुस्मित ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुशिल पोखरेल, बैंकर रविना देशराज श्रेष्ठ, क्रिकेटर विनोद दास, अभिनेतृ निशा अधिकारी, सामाजिक उद्यमी डा. प्रणव जोशी र अवतारी लामा डोल्पो टुल्कु रिम्पोछे लगायतले आफ्नो सफलताको बारेमा जानकारी दिएका थिए।
 
कार्यक्रममा विज्ञापन व्यवसायी रंजित आचार्यले नयाँ व्यवसायिक सोचका बारेमा जानकारी गराएका थिए।क्लक वि इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत विनय देवकोटाले नेपाली मौलिक सोचहरु सिर्जना गर्न सहयोग पुयाउने उदेश्यले समिट आयोजना गरिएको बताए ।

‘नेपालको बजार, जनशक्ति, तिनीहरुको क्षमता बाहिरी विश्वभन्दा फरक छ,’ उनले भने, ‘त्यसैले नयाँ मौलिक सोच विकास गर्न यो कार्यक्रम आयोजना गरेका हौं ।