BIZMANDU
www.bizmandu.com

एसबिआइको नाफा ३८ करोड पुग्यो, सिडी रेसियो ७६ प्रतिशत माथि, बेस रेट ८.७६ प्रतिशत

२०६९ माघ २३

काठमाडौं । नेपाल एसबिआइ बैंकले नाफा साढे ८६ प्रतिशतले वृद्धि गरेको छ । बैंकले स्प्रेड दर बढाउँदै नाफा ३८ करोड १८ लाख पुर्याएको हो । अघिल्लो पुसमा बैंकको नाफा २० करोड ४७ लाख रुपैयाँ थियो ।
बैंकले अघिल्लो पुसमा नउठेकोमध्ये ३ करोड २१ लाख ऋण यसपाली उठाएको छ । तर अघिल्लो वर्षको भन्दा दोब्बर वढी नोक्सानी व्यवस्थामा रकमसमेत राखेको छ । यस्तो रकम ९ करोड १८ लाख पुगेको छ । बैंकले कर्जा विस्तारसँगै स्प्रेड फराकिलो बनाएकाले नाफामा वृद्धि गरेको हो ।
बैंकले ३.५७ प्रतिशतको स्प्रेडलाई ४.२ प्रतिशत पुर्याएको छ । यसबाट खुद व्याज आम्दानी ६३.६४ प्रतिशतले वढेर ७६ करोड ९४ लाख पुगेको छ ।
बैंकले कुल ऋण २३ प्रतिशतले वढाउँदै २८ अर्ब ९ करोड पुर्याएको छ । निक्षेप जम्मा साढे ६ प्रतिशतले वढेको छ । निक्षेपको अनुपातमा कर्जा ह्वात्तै वढेका कारण कर्जा—निक्षेप अनुपात (सिडी रेसियो) मा पनि वृद्धि भएको छ । ६५ प्रतिशत रहेको अनुपात साढे ७६ प्रतिशत पुगेको छ । असोजमा यो ८० प्रतिशत नाघेको थियो । अनुपात वढेपछि बैंकले तीन महिनाको अवधिमा निक्षेप करिव अढाइ अर्बले वढाएको छ ।
बैंकले कुल निक्षेप ५४ अर्ब ९ करोड संकलन गरेको छ । अघिल्लो पुसमा यो ५० अर्ब ७५ करोड थियो । बैंकको आधार व्याज दर (वेस रेट) ८.७६ प्रतिशत तोकेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १७.५ प्रतिशत लाभांस दिएको थियो । यसमध्ये ५ प्रतिशत नगद लाभांस थियो ।
बैंकको प्रति सेयर आम्दानी ३२.४२ रुपैयाँ छ । प्रति सेयर नेटवर्थ १५०.७८ रुपैयाँ छ । बैंकको पिइ रेसियो २६.२५ गुणा छ ।

Tata
GBIME
Nepal Life