BIZMANDU
www.bizmandu.com

आजदेखि सवारी लाइसेन्सको परीक्षा सुरु,फेल भएको तीन महिनामा तीनपटक ट्रायल दिन पाइने

२०७३ मंसिर ८

काठमाडौं।सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा बुधवारदेखि खुलेको छ।उपत्यका र बाहिरका कार्यालयबाट लाइसेन्स परीक्षा सुरु हुने यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । 
 
यातायात व्यवस्था विभागले नियमावली संशोधनपछि सफ्टवेयर अपडेट नभएको भन्दै दुर्इ महिनादेखि लाइसेन्स परीक्षा रोकेको थियो। विभागले नियमावली संशोधन गरेर परीक्षा अनुत्तिर्ण भएको ९० दिनमा तीनपटकसम्म ट्रायल दिन पाउने व्यवस्था गरेको छ। पुरानो नियमावलीमा फेल भएपछि तीन महिनासम्म ट्रायल दिन नपाइने व्यवस्था थियो । 
 
 
मुलुकभरका १४ वटै कार्यालयबाट परीक्षा लिन मिल्नेगरी सफ्टवेयर अपडेट भएको पाण्डेले जानकारी दिए । 'देशभर १४ वटा यातायात व्यवस्था अञ्चल कार्यालय छन् ' ,उनले भने, 'ती मध्ये कतिमा ट्रायल सेन्टरनै छैनन् । ट्रायल सेन्टर भएका कार्यालयहरुले आफ्नो अनुकुल सूचना निकालेर परीक्षा सुरु गर्नेछन्।'

Tata
GBIME
Nepal Life

यातायात व्यवस्था कार्यालय बाग्मतीका प्रमुख गणेश अर्यालका अनुसार उपत्यकामा मीनभवनस्थित यातायात व्यवस्था विभागको पछाडीको जग्गामा दुई पांग्रे र चार पांग्रेको रामशाहपथस्थित नेसनल ट्रेडिङ लिमिटेडको जग्गामा परीक्षा लिर्इएको छ।