BIZMANDU
www.bizmandu.com

एक्सेल डेभलपमेन्ट बैंकले इलामको मंगलबारेमा खोल्यो १६ औँ शाखा, १५ औँ शाखा झापाको राजगढमा

२०७३ मंसिर ६

काठमाडौँ । एक्सेल डेभलपेन्ट बैंकले इलामको देउमाई नगरपालिका स्थित मंगलबारेमा १६ औँ शाखा स्थापना गरेको छ।

Tata
GBIME

बैंक सञ्चालक समितिका कार्यवाहक अध्यक्ष हेमराज ढकाल र इलाम उद्योग बाणिज्य संघ मंगलबारेका अध्यक्ष मात्रिकाप्रसाद घिमिरे सोमबार उक्त शाखा उद्घाटन गरे।

पश्चिम इलामको व्यापारिक केन्द्रको रुपमा रहेको मंगलबारेमा 'एनि ब्रान्च बैंकिङ सर्भिस', एसएमएस तथा मोवाइल बैंकिङ, रेमिट्यान्स लगायत आधुनिक बैंकिङ सेवा दिने उद्धेश्य रहेको शाखा प्रबन्धक मिलन भट्टराईले जानकारी दिए।

झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले गत शनिबार झापा राजगढमा १५ औँ शाखा स्थापना गरेको थियो। बैंकले गत आर्थिक बर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर जारी गरेको थियो।