BIZMANDU
www.bizmandu.com

आरती स्ट्रिप्सले रङ्गिन जस्ताका लागि लगानी थप्यो, वार्षिक २० अर्बको कारोवार गर्ने लक्ष्य

२०६९ माघ २२

काठमाडौं । भारतीय लगानीमा स्थापित आरती स्ट्रिप्सले २० अर्ब रुपैयाँ लगानी थपेको छ । कम्पनीले वार्षिक दश अर्ब रुपैयाँको कारोवार गर्दै आएकोमा नयाँ प्लान्ट थपेपछि कारोवार वार्षिक २० अर्व पुग्ने अनुमान गरेको छ । विषम परिस्थितिका वावजुद पनि कम्पनीले वार्षिक १० देखि १५ प्रतिशतसम्म कारोवारमा वृद्धि हुँदै आएको थियो । नयाँ लगानी थपिएपछि आरतीले दुई महिनादेखि रङ्गीन जस्तापाता तथा सादा कर्कटपाता उत्पादन सुरु गरेको छ ।
नयाँ प्लान्ट थप्नु अघि आरतीबाट वार्षिक एक लाख टन कर्कटपाता तथा जस्तापाता उत्पादन भइरहेको थियो । उत्पादनको ६५ प्रतिशत भारतमा निर्यात हुने गरेको छ भने कम्पनीले नेपालको आन्तरिक बजारमा पनि आफ्नो पकड बढाउँदै लगेको छ, अहिले कम्पनीको ३५ प्रतिशत हिस्सा नेपालमा बिक्री हुने गरेको छ । उद्योगले स्थापनादेखि दैनिक ३०० टन (सादा) कर्कटपाता जस्तापाता उत्पादन हुने गरेको थियो । नयाा प्लान्टबाट दैनिक १३० टन उत्पादन भइरहेको उद्योगका उपाध्यक्ष सञ्जीव शर्माले बताए । कम्पनीमा प्राविधिक र अप्राविधिक गरी करिब ६०० व्यक्ति प्रत्यक्षरुपमा कार्यरत रहेका छन् ।

Tata
GBIME
Nepal Life