काठमाडौं।अग्नि इन्कर्पोरेटेडले महिन्द्राको युवो ट्याक्टर नेपाली बजारमा ल्याएको छ।कम्पनीले ३०देखि ४५ हर्षपावर सेग्मेन्टको यो ट्याक्टरमा सबैभन्दा उत्कृष्ट प्रविधि रहेको दाबी छ।
.jpg)
ट्याक्टरमा १२ फर्वाड र तीन रिभर्स फूल कन्सट्यान्ट मेश गियरबक्स रहेको कम्पनीले जनाएको छ।यो ट्याक्टर कृषिको विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ।कम्पनीका अनुसार हार्भेस्टिङदेखि ल्याण्ड प्रिपेरेशन र पोस्ट हार्भेस्टिङ गर्न यो ट्याक्टर उपयोगी हुनेछ।
महिन्द्रा एण्ड महिन्द्राको इन्टरनेशनल अपरेशनका भाइस प्रेसिडेन्ट सञ्जय जादबले विश्वकै अग्रणी ट्याक्टर नेपाली बजारमा ल्याउन पाएकोमा खुशी व्यक्त गरे।
कम्पनीका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले एक वर्षभित्र नेपालमा दोस्रो पटक ट्याक्टर नेपालमा आएको बताए।उनका अनुसार यो ट्याक्टरले ३० वटा भन्दा बढी कृषि प्रयोजनमा प्रयोग गर्न सकिन्छ।