BIZMANDU
www.bizmandu.com

आर्थिक पत्रकार स्वर्गिय सञ्जय न्यौपानेको स्मरणमा शोकसभा,पत्रकारितामा अतुलनीय योगदान

२०७३ मंसिर १

काठमाडौँ। नेपालको आर्थिक पत्रकारिताको उन्नयनमा  योगदान पुर्याएका पत्रकार सञ्जय न्यौपानेप्रति भावभूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले विहिवार आयोजना गरेको शोकसभामा सहभागी पत्रकारले स्व न्यौपानेको स्मरण गर्दै उनले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान चर्चा गरे। 
नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले स्वर्गिय न्यौपाने लगनशील एवं नेपालको होनहार आर्थिक पत्रकार भएको बताए। सेजन अध्यक्ष गोकर्ण अवस्थीले आर्थिक पत्रकारिताका क्षेत्रमा न्यौपानेको योगदान महत्वपूर्ण रहेको बताए। 
 
सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारितामा फराकिलो ज्ञान हासिल गरेका स्व न्यौपाने सधैँ स्मरणीय रहेको बताए। पत्रकार न्यौपानेको ४५ वर्षको उमेरमा स्नायु प्रणालीसम्बन्धी समस्याका कारण कात्तिक १९ गते निधन भएको थियो ।
 
 उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वउपाध्यक्ष समेत थिए। ललितपुर, गोदावरी नगरपालिका–८, बडिखेल निवासी स्वर्गीय न्यौपानेका बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छिन् ।
 

Tata
GBIME
Nepal Life