BIZMANDU
www.bizmandu.com

पश्चिमाञ्चलको बुक क्लोज आज, २६.३२ प्रतिशत लाभांस वाँड्ने तयारी, असोजमा भने डेढ करोड घाटा

२०६९ माघ २२

काठमाडौं । २६.३२ प्रतिशत लाभांस दिन लागेको पश्चिमाञ्चल फाइनान्सको बुक क्लोज आज हुने भएको छ । फाइनान्सले २० प्रतिशत वोनस सेयर र वाँकी ६.३२ प्रतिशत लाभांस दिन लागेको छ ।
कम्पनीको १७ वार्षिक साधारणसभा आगामी ७ गते हुँदैछ । फाइनान्सले गत आर्थिक वर्ष ४ करोड ४३ लाख नाफा गरेको थियो । चुक्ता पुँजी १९ करोड ६३ लाख रुपैयाँ रहेको छ । वोनस सेयर वितरणपछि पुँजी २३ करोड ५५ लाख पुग्ने छ ।
गत आर्थिक वर्ष नाफा कमाए पनि फाइनान्सले गत असोजमा १ करोड ५९ लाख खुद नोक्सान वेहोरेको छ । ९० लाख नोक्सानी व्यवस्था गर्नु परेका कारण फाइनान्स नोक्सानीमा गएको थियो । कम्पनीको पुसको वासलात प्रकासित गरिसकेको छैन ।
 

Tata
GBIME
Nepal Life