काठमाडौं। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पनि ५०० र हजारको नोटमाथि प्रतिवन्ध लगाउनुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको नेपालमा प्रत्यक्ष वैदेशीक लगानी (एफडिआई) को सम्भावना र चुनौति विषयक कार्यक्रममा पाण्डेले आफू अर्थमन्त्री भएका बेला यी दरका नोट हटाउने कुरा गरे पनि कसैको सहयोग नपाएपछि सम्भव नभएको बताए।
उनले आफू अर्को पटक अर्थमन्त्री भएमा कालोबजारी र भ्रष्टचारको गाँठो अन्त्य गर्न ५०० र हजारको नोटमाथि प्रतिवन्ध लगाउने समेत दावी गरे। पाण्डेले भारत सरकारले यी दरका नोट हटाएर ऐतिहासिक निर्णय गरेको भन्दै नेपालले पनि त्यसलाई पछ्याउनु पर्ने बताएका हुन्।
'कालोबजारी र भ्रष्टाचार नेपाल भारतको साझा समस्या हो, उनले भने- उनीहरुले समाधान थालि सके अब हामी ढिला हुनु हुँदैन।'